०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

बाँकेमा एसपी राना आएदेखि सुर्तीजन्य तस्करीहरु धमाधम पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

सागर थापा /महेन्द्र सिंह
बाँके जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी ओम बहादुर राना आए देखि धमाधम तस्करीहरु पक्राउ पर्न थालेको छ्न। यो भन्दा अगाडि धेरै जसो सुर्तीको व्यापक तस्करी भइरहेको थियो । कहिले एम्बुलेन्स दूधको भाडोमा त कहिले चाउचाउ बोकेको गाडीमा राखेर सुर्ती ल्याउने गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय,वनकट्टी कम्दीले प्रिति चाउचाउ नरैनापुरमा पु¥याएर फर्किएको गाडीमा सुपरपावर सुर्ती बरामद गरेको हो । भे १ च २३६५ नम्बरको गाडीमा सात सय पोका सुर्ती बरामद छ । चाउचाउ पु¥याउदै नरैनापुरमा पुगेको गाडीमा सुर्ती ल्याइएको थियो ।
लकडाउनको मौकामा कारोबारीले नरैनापुरको नाकाबाट सुर्ती तस्करी गरिरहेको पक्राउ परेको तथ्यांकले देखाएको छ । कम्दीबाट सुपरपावर सुर्ती,पानको पात र मसला बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए । तीन वटा मोटरसाइकलमा पाँच जनाले सुर्ती, पानको पात र मसला ल्याइरहेका थिए ।
नरैनापुर नाकाबाट भित्रिएको सुर्ती कम्दी आसपासमा आएपछि मात्रै पक्राउ परिरहेको छ । जबकी सुइया बघौडा, नरैनापुर, भगवानपुर, गंगापुर र फत्तेपुरमा प्रहरी युनिट छन् । प्रहरीले बरामद भएको सुर्ती र गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार बुझाएको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।