२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा एसपी राना आएदेखि सुर्तीजन्य तस्करीहरु धमाधम पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

सागर थापा /महेन्द्र सिंह
बाँके जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी ओम बहादुर राना आए देखि धमाधम तस्करीहरु पक्राउ पर्न थालेको छ्न। यो भन्दा अगाडि धेरै जसो सुर्तीको व्यापक तस्करी भइरहेको थियो । कहिले एम्बुलेन्स दूधको भाडोमा त कहिले चाउचाउ बोकेको गाडीमा राखेर सुर्ती ल्याउने गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय,वनकट्टी कम्दीले प्रिति चाउचाउ नरैनापुरमा पु¥याएर फर्किएको गाडीमा सुपरपावर सुर्ती बरामद गरेको हो । भे १ च २३६५ नम्बरको गाडीमा सात सय पोका सुर्ती बरामद छ । चाउचाउ पु¥याउदै नरैनापुरमा पुगेको गाडीमा सुर्ती ल्याइएको थियो ।
लकडाउनको मौकामा कारोबारीले नरैनापुरको नाकाबाट सुर्ती तस्करी गरिरहेको पक्राउ परेको तथ्यांकले देखाएको छ । कम्दीबाट सुपरपावर सुर्ती,पानको पात र मसला बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए । तीन वटा मोटरसाइकलमा पाँच जनाले सुर्ती, पानको पात र मसला ल्याइरहेका थिए ।
नरैनापुर नाकाबाट भित्रिएको सुर्ती कम्दी आसपासमा आएपछि मात्रै पक्राउ परिरहेको छ । जबकी सुइया बघौडा, नरैनापुर, भगवानपुर, गंगापुर र फत्तेपुरमा प्रहरी युनिट छन् । प्रहरीले बरामद भएको सुर्ती र गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार बुझाएको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।