१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बाँकेमा क्वारेन्टाइनमा नराखी घर लग्ने क्रम जारी

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

महेन्द्र सिंह बाँके भारतबाट फर्किएका व्यक्तिलाई नाकामा होल्डिङ सेन्टरमा राख्ने र त्यहाँबाट क्वारेन्टाइनमा पठाउने नीति रहेको छ । कतिपयले भने होल्डिङ सेन्टर र महेन्द्र बहुमुखी क्याम्पसबाटै ‘पावर’ देखाएर सिधैं घर लैजाने गरेका छन् ।
पावर देखाएर क्वारेन्टाइनमा नबसाई घर लैजानेमा जनप्रतिनिधि बढी छन् । ‘होम क्वारेन्टाइनमा राख्छौं भनेर लैजान्छन्, महेन्द्र बहुमुखी क्याम्पस स्रोतले भन्यो, पावर देखाउँछन् । कतिपयले होम क्वारेन्टाइनमा राख्छौ भनेर कसम खान्छन् ।’ चिनेजानेका व्यक्ति आउँदा सुरक्षाकर्मी पनि लचिलो भएको पाइएको छ ।
शुक्रबार क्याम्पसमा ५८ जना छन् । बिहीबार नै ४१ जना थपिएका हुन् । बिहीबार विहानसम्म १७ जना क्याम्पस र चार जना होम क्वारेन्टाइनमा छन् भनिएको थियो । पावर लगाएर होम क्वारेन्टाइनमा राख्ने भनेर लगिएका व्यक्ति होम क्वारेन्टाइनमा बसेको छ कि छैन कसले हेर्ने ? होम क्वारेन्टाइन त खाली क्वारेन्टाइनबाट घर लैजाने बहानामात्रै भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले होल्डिङ सेन्टरबाट लगेको भन्ने जानकारीमा आएकाले उसलाई क्वारेन्टाइनमा फिर्ता ल्याउने तयारी भएको बताउनुभयो । प्रजिअ कुरुम्बाङले भन्नुभयो, क्वारेन्टाइनबाट कति जनालाई लगियो त्यसको खोजी गर्दैछौं । उनीहरुलाई क्वारेन्टाइनमै ल्याएर राख्छौं ।’
धेरै ठाउँका जनप्रतिनिधिले आफ्नो ठाउँका मान्छेलाई छुटाएर ल्याइरहदा त्यस्तो काम नगर्ने वडाध्यक्षलाई टोलवासीले थर्काइरहेको पाइएको छ । ‘सबैले छुटाएर ल्याउँछन्, तपाई किन छुटाउन जानु हुँदैन,’ वडावासीले भन्ने गरेका छन्, क्वारेन्टाइनमा प्रहरीले वडाध्यक्षलाई लिएर आऊ अनि छोडिदिन्छु भन्छन् । तपाई जानु प¥यो ।’
भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्ने, १४ दिन पुगेपछि आरडीटी जाँच गर्ने र नेगेटिभलाई घर पठाउने गरिएको छ । पोजिटिभ देखिएकालाई पीसीआर जाँच गरिन्छ । पीसीआर जाँच गर्दा नेगेटिभ आएकालाई तत्काल घर पठाइन्छ । पोजिटिभलाई १४ दिनपछि घर पठाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!