२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बाँकेमा क्वारेन्टाइनमा नराखी घर लग्ने क्रम जारी

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

महेन्द्र सिंह बाँके भारतबाट फर्किएका व्यक्तिलाई नाकामा होल्डिङ सेन्टरमा राख्ने र त्यहाँबाट क्वारेन्टाइनमा पठाउने नीति रहेको छ । कतिपयले भने होल्डिङ सेन्टर र महेन्द्र बहुमुखी क्याम्पसबाटै ‘पावर’ देखाएर सिधैं घर लैजाने गरेका छन् ।
पावर देखाएर क्वारेन्टाइनमा नबसाई घर लैजानेमा जनप्रतिनिधि बढी छन् । ‘होम क्वारेन्टाइनमा राख्छौं भनेर लैजान्छन्, महेन्द्र बहुमुखी क्याम्पस स्रोतले भन्यो, पावर देखाउँछन् । कतिपयले होम क्वारेन्टाइनमा राख्छौ भनेर कसम खान्छन् ।’ चिनेजानेका व्यक्ति आउँदा सुरक्षाकर्मी पनि लचिलो भएको पाइएको छ ।
शुक्रबार क्याम्पसमा ५८ जना छन् । बिहीबार नै ४१ जना थपिएका हुन् । बिहीबार विहानसम्म १७ जना क्याम्पस र चार जना होम क्वारेन्टाइनमा छन् भनिएको थियो । पावर लगाएर होम क्वारेन्टाइनमा राख्ने भनेर लगिएका व्यक्ति होम क्वारेन्टाइनमा बसेको छ कि छैन कसले हेर्ने ? होम क्वारेन्टाइन त खाली क्वारेन्टाइनबाट घर लैजाने बहानामात्रै भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले होल्डिङ सेन्टरबाट लगेको भन्ने जानकारीमा आएकाले उसलाई क्वारेन्टाइनमा फिर्ता ल्याउने तयारी भएको बताउनुभयो । प्रजिअ कुरुम्बाङले भन्नुभयो, क्वारेन्टाइनबाट कति जनालाई लगियो त्यसको खोजी गर्दैछौं । उनीहरुलाई क्वारेन्टाइनमै ल्याएर राख्छौं ।’
धेरै ठाउँका जनप्रतिनिधिले आफ्नो ठाउँका मान्छेलाई छुटाएर ल्याइरहदा त्यस्तो काम नगर्ने वडाध्यक्षलाई टोलवासीले थर्काइरहेको पाइएको छ । ‘सबैले छुटाएर ल्याउँछन्, तपाई किन छुटाउन जानु हुँदैन,’ वडावासीले भन्ने गरेका छन्, क्वारेन्टाइनमा प्रहरीले वडाध्यक्षलाई लिएर आऊ अनि छोडिदिन्छु भन्छन् । तपाई जानु प¥यो ।’
भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्ने, १४ दिन पुगेपछि आरडीटी जाँच गर्ने र नेगेटिभलाई घर पठाउने गरिएको छ । पोजिटिभ देखिएकालाई पीसीआर जाँच गरिन्छ । पीसीआर जाँच गर्दा नेगेटिभ आएकालाई तत्काल घर पठाइन्छ । पोजिटिभलाई १४ दिनपछि घर पठाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]