१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

कोरोना महामारीको बेला प्रहरीलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

एबिसी संचार
दाङ कोरोना भाईरसको महामारीको समयमा अघिल्लो पंक्तीमा रहेर काम गर्ने प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ३० जना प्रहरीहरुलाई शनिवार तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा सहभागी प्रहरीहरुले महामारीको समयमा आफूहरुलाई सुरक्षा सामाग्री नहुनु र २४ सैँ घण्टा जोखीममा रहेर डिउटी गर्नुपर्ने भएकाले तनाब हुने गरेको बताएका थिए ।
कोरोनाको महामारीबाट बच्नकालागि सर्वसाधारणहरुलाई अनुरोध गर्दापनि अटेरी गर्ने गरेको एवं डिउटीका क्रममा धेरै व्यक्तीहरुसँग सम्पर्कमा रहनुपर्ने भएकाले संक्रमण हुन्छ कि भन्ने त्रास पनि सधै भईरहेको उनीहरुको भनाई थियो । ‘हामीलाई जोखीम एकदम छ नि, सडकमा डिउटी गर्नेप¥यो’ एक प्रहरीले भने ‘डिउटी गर्दा सामाजिक दुरी कायम गर्नुस् है, मास्क लगाएरमात्र हिड्नुस् भनेर भन्यो अझै अटेरी गर्छन् । भनेको नमान्दा दिक्क लाग्छ ।
हामीले हाम्रो लागी भनेको भए झन् के टेर्दोहुन् र ?’ कार्यक्रममा सहभागी प्रहरीहरुले प्रहरीले लकडाउनको समयमा भोग्नुपरेको समस्याहरु राखेका थिए । ‘संक्रमीतलाई आईसोलेशनमा पु¥याउनुप¥यो प्रहरी पुग्नैपर्ने, क्वारेनटाईनमा बबाल नभएको त दिनै हुदैनथियो अहिले अलि कम छ । त्यहाँ पनि प्रहरी पुग्नै प¥यो’ एक प्रहरी अफिसरले भने ‘अझ क्वारेनटाईनमा बसेकाहरु आएर सडकमा आन्दोलन गर्छन् । उनीहरुलाई रोक्नैप¥यो, अनि हामीमाथी जोखीम बढिहाल्यो नि ।’कार्यक्रममा तनाबलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मनोविमर्शकर्ताहरु लक्ष्मी ढकाल र दीपा धितालले जानकारी गराएका थिए ।
जुनसुकै कुराले पनि मानिसहरुलाई तनाब हुने भएकाले तनाब भएपछि मानसिक रुपमा पर्ने असरहरु, त्यसका लक्षणहरु, समाधानका उपायहरु लगायतका विषयमा उहाँहरुले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालले सुरक्षाकर्मीहरुलाई यो महामारीको समयमा उच्च जोखीम रहेको हुदाँ प्रहरीहरु तनाबमा हुने गरेको बताए ।
महामारीको समयमा सामान्य दिनहरुभन्दा धेरै डिउटीमा खटिनु, डिउटीको समयमा संक्रमणको जोखीम बढ्नु जस्ता कारणले प्रहरीहरु तनाबमा हुने गरेको उनको भनाई थियो । ‘आइसोलेशन, क्वारेटनाइनदेखी सडकका हरेक समुदायसम्म प्रहरीले डिउटी गर्नुपर्छ अनि त्यसैपनि जोखीम बढिहाल्छ ।’ रिमालले भने ‘प्रहरी जोखीममा हुने भएकाले तनाब बढ्नु स्वभाविक हो ।’ उनले महामारीको समयमा घरपरिवारसँग बस्न पाए हुन्थ्यो भन्ने भएपनि यो समयमा बिदा पनि नमिल्ने र परिवारलाई यतै बोलाउदा पनि परिवारका सदस्यहरुमा झन् जोखीम हुने भएकाले प्रहरीहरुमा तनाब बढि छ ।
‘मानिस अप्ठेरो समयमा घरपरिवारसँग छोराछोरीहरुसँग बस्न चाहन्छ तर प्रहरीकालागि त्यो सम्भव छैन, महामारीको समयमा झनै बढि समयमा डिउटीमा खटिनुपर्छ’ उनले भने ‘त्यसैले पनि प्रहरीहरुमा तनाब बढाउछ ।’ उनले मनेविमर्शले मानिसलाई मन नियन्त्रणकालागि महत्वपूर्ण भूमीका खेल्ने भएकाले शारिरिक व्यायमजस्तै मनको व्यायम पनि आवश्यक भएको बताए । शारिरिक स्वास्थतामा हामीले ध्यान दिएपनि मनको स्वस्थतामा ध्यान दिन नसक्दा मानिसमा समस्या आउनसक्ने सम्भावना बढि हुने गरेको उनको भनाई छ । साथै उहाँले प्रहरीकालागि यस्तो मानसिक तनाब व्यवस्थापन गर्ने सम्बन्धी अभिमुखीकरणहरु आवश्यक भएको बताए ।
महामारीको समयमा अघिल्लो पंक्तमा रहेर काम गर्ने सुरक्षाकर्मीहरु महामारीको जोखीममा रहने भएकाले पनि तनाब बढि हुने भएकाले उनीहरुलाई बनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरणको आयोजना गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिए । केन्द्रले नागरिक आवाजसँगको सहकार्यमा सञ्चालन गरेको ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्तरगत मनोविमर्शको कार्यहरु पनि हुने भएकाले सुरक्षाकर्मीहरुकालागि यो कार्यक्रम गरिएको उनको भनाई थियो ।
‘यो महामारीको समयमा सबैभन्दा उच्च जोखीममा रहने भनेको सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरु रहेकाले सुरक्षाकर्मीहरुकालागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेका हौँ’ कार्यक्रममा बोल्दै उनले भनीन् ‘यो अभिमुखीकरणले तनाब व्यवस्थापनको विषयमा आधारभुत कुराहरु सिकाउछ । त्यसैको आधारमा तपाईहरुलाई तनाब व्यवस्थापन गर्न सहज होस् भन्ने अपेक्षा गरेका छौँ ।’नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिनेश रिमालको अध्यक्षता एवं वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमेटेडका वरिष्ठ प्रबन्धक लोकमणी रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण आर.के.शीतलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]