२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके सशस्त्र प्रहरीले भारतबाट अबैध सुर्तिजन्य पदार्थ पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

महेन्द्र सिंह बाँके बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ बाट करिब २ लाख बराबरको पान र सुपर पावर सुर्ती बरामद गरेको हो ।
लुकीछिपी भारतबाट भित्र्याइएको ४ हजार पात पान र ६ सय ५० पोका सुर्ती शनिवार राती ११ बजे बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । करिब २० हजारको पान र १ ब्ब्बलाख ६२ हजार ५ सयको सुपर पावर सुर्ती गरी १ लाख ८२ हजार ५ सय बजार मूल्य पर्ने उक्त सामान बरामद गरिएपनि रातीको मौका छोपेर तस्करहरु फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।
बरामद गरिएको पान नष्ट गरिएको छ । सुर्तीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]