१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने नियम लागू

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

एबिसी संचार
काठमाडौं अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ ।
यद्यपि, एक व्यक्तिले फरक-फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।
एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउनेछैन । दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।
नेपाल टेलिकमको हकमा भने सिडिएमएको थप एक सिम कार्ड राख्न पाउने व्यवस्था भएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!