२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नगर प्रमुख शाह द्वारा बहादुरगंजमा नेपाल बैंक लिमिटेड को एक्सटेन्सन काउन्टर उद्घाटन

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

अजय मिश्र, कृष्णनगर ,अषाढ २६
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ ।
नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादव ले आएका अतिथि लाई स्वागत मन्तव्य राख्नुभयो ।
प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह ले आफ्नो मन्तव्य राख्दै एक्सटेन्सन काउन्टर बाट बहादुरगंज लगायत अन्य क्षेत्र का जनता लभाम्वित हुने र व्यापारी, व्यवसायी, कृषक समेत सहुलियत कर्जा लिएर आ – आफ्नो व्यापार, व्यवसाय, कृषि फार्म हरू गर्न सक्ने बताउनुभयो ।विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक भैरहवाका उप निर्देशक शान्ति प्रसाद पाण्डेय ले सर्व सधारण लगायत अन्य लाई सेवा प्रवाह गर्ने उद्देश्यले खोलिएको नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर को उत्रोतर प्रगतिको कामना गर्दै शुभकामना समेत व्यक्त गरे ।आन्तरिक राजस्व कार्यालय कृष्णनगर प्रमुख पूर्ण प्रसाद न्यौपाने ले सरकारी बैंक हरू राम्रो नरहेको सर्वसाधारण को बुझाइ लाई सबै भन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड ले अहिलेको अवस्थामा त्यस्तो बुझाइ लाई निराधार गरेको कुरा बताउदै राम्रो सेवा सुविधा दिने बैंक मध्ये नेपाल बैंक लिमिटेड पनि अग्र स्थानमा रहेको जिक्र गर्नु भयो ।नेपाल बैंक लिमिटेड प्रदेश नं ५ प्रमुख पसाङ दोर्जि सेर्पा ले (COVID-19) कोरोना भाइरस महामारी ले गर्दा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर अलि ढिलो भएर खुलेको जिक्र गर्दै काउन्टर खोल्न चालिस प्रतिशत परियोजना हरु बाट सहयोग भएको काउन्टर खोल्न नगर प्रमुख शाहको विशेष पहल रहेको, विभिन्न शिर्षकमा सहुलियत दरमा कर्जा समेत यस बैंक बाट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख ले प्रमुख अतिथि र विशिष्ट अतिथि लाई मायाको चिनो समेत प्रदान गरे ।उक्त उद्घाटन कार्यक्रममा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा का अर्जुन चालिसे,खुशबु शाह लगायत अन्य कर्मचारी हरू रहनुभयो । साथै
व्यापारी, इलाका प्रहरी कार्यालय बहादुरगंज प्रमुख धर्मराज भण्डारी, स्थानीय लगाएत को उपस्थित रहेको थियो। कार्यक्रम संचालन सम्झना ढकाल ले गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!