०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

१ सय ४० वर्ष पुरानो सिक्का पैसा कपिलवस्तु ङ्ग्रहालयलाई हस्तान्तरण

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

एबिसी संचार सकपिलवस्तुको विजयनगर गाउँपालिकामा फेला परेका १ सय ४० वर्ष पुराना सिक्का पैसा कपिलवस्तु सङ्ग्राहलय तिलौराकोटलाई हस्तान्तरण गरिएको छ । मंगलवार कपिलवस्तु सङ्ग्रहालय तिलौराकोटका कर्मचारी शंकर धिताललाई इलाका प्रहरी कार्यालय गणेशपुरले हस्तान्तरण गरेको हो ।
गाउँपालिकाको वडा नं. ७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको ५२ थान चाँदीका मुद्रा र एक थान सुनको जस्तो देखिने पहेँलो धातुको मुद्रा सङ्ग्रहालयलाई बुझाइएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।
उक्त सिक्का पैसा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र प्रहरी निरिक्षक मधु नेपालको संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
ती सिक्काहरु सन् १८६० तिरका भारतमा ब्रिटिस शासन रहँदाको बेलाको भएको बताइएको छ ।
गएको जेष्ठ २० गते बाटो खन्ने क्रममा स्थानीय ढोढरी निवासी सन्त कुमार कुर्मी (लालमन)को जग्गामा पैसा फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!