३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

२५ किलो चाँदीका गहना सहित २ जना मानिस पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी संचार
बारा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो करिब १ बजेको समयमा चेकजाच गर्ने क्रममा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.११ विश्वम्भरपुर टोल स्थित कलैया-मटिअर्वा सडक खण्डमा कलैया वडा नं.५ बस्ने महेन्द्र राउत यादवको छोरा वर्ष ३२ को ईन्द्रदेव प्रसाद यादव र जिल्ला बारा प्रसौनि गाउँपालिका वडा नं.६ बस्ने हलिम मियाँ अन्सारीको छोरा वर्ष ३८ को वकिल अँसारीलाई ना ६१ प ७२०४ नम्बरको मोटरसाइकल मा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको २५ किलो ग्राम चाँदीको तयारी गहना (पाउजु, झुम्का, सिक्रि समेत) सहित फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको र पक्राउ परेका व्यक्तिहरूलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगंज पठाइने बारा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!