११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दु:ख दिने ४ जना बिचोलिया पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी संचार
काठमाडौं महानगरीय प्रहरी वृत्त थानकोटले यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई ‘छिटो काम सकाइदिन्छु’ भनेर दु:ख दिने ४ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबी गाउँपालिका-४ घर भएका ३० वर्षीय पुष्कर कटुवाल, धनुषा हरीहरपुर गाउँपालिका-७ घर भएका ३० वर्षीय बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका-६ घर भएका २६ वर्षीय बिनोद पुलामी र लमजुङ मर्स्याङदी गाउँपालिका-२ घर भएका २६ वर्षीय उज्जवल गुरुङरहेका छन ।
उक्त कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!