२४ साउन २०८२, शनिबार
09-08-2025 , Sat
×

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दु:ख दिने ४ जना बिचोलिया पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी संचार
काठमाडौं महानगरीय प्रहरी वृत्त थानकोटले यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई ‘छिटो काम सकाइदिन्छु’ भनेर दु:ख दिने ४ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबी गाउँपालिका-४ घर भएका ३० वर्षीय पुष्कर कटुवाल, धनुषा हरीहरपुर गाउँपालिका-७ घर भएका ३० वर्षीय बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका-६ घर भएका २६ वर्षीय बिनोद पुलामी र लमजुङ मर्स्याङदी गाउँपालिका-२ घर भएका २६ वर्षीय उज्जवल गुरुङरहेका छन ।
उक्त कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएकाले तुलसीपुर उपमहानगरपालिका–६ मा डेंगू विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम डेंगी फ्री नेपाल दाङ जिल्लाको संयोजक शुभम देवकोटाको सभाध्यक्षता तथा वडा अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भण्डारीले वडाभित्र लामखुट्टेका बासस्थान पहिचान गरी टोल टोलमा फुल, लार्भा तथा […]

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी […]

  काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली हिजो राति स्वदेश फर्किएका हुन् । उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका थिए। सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न […]

error: Content is protected !!