०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

भालुवाङ ट्राफिक प्रमुखमा पोख्रेल र तुल्सीपुर ट्राफिक प्रमुखमा केसी सरुवा

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

सागर थापा
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक पोस्ट भालुवाङमा नन्द पोख्रेल र ट्राफिक पोस्ट तुल्सीपुरमा चन्द्र केसीलाई काज सरुवा गरेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभएको छ ।
रेग्मीका अनुसार भालुवाङ ट्राफिक प्रमुखमा ६ महिनादेखि कार्यरत रहेका ट्राफिक प्रमुख रन्जित आचार्यको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा काज सरुवा गरिएको छ ।
उनको स्थानमा ट्राफिक पोस्ट तुल्सीपुरमा कार्यरत ट्राफिक प्रमुख पोख्रेललाई ट्राफिक पोस्ट भालुवाङ ल्याइएको छ । भने ट्राफिक पोस्ट ट्राफिक प्रमुख तुल्सीपुरमा जिल्ला ट्राफिक दाङबाट केसीलाई पठाएको छ ।
दाङ ट्राफिक प्रमुख रेग्मीका अनुसार दाङ जिल्लाभरमा हरेक ट्राफिक पोस्टमा ६ महिना सम्म मात्र प्रमुख रहने गरी मात्र काज सरुवा गरेको जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!