०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

भालुवाङ ट्राफिक प्रमुखमा पोख्रेल र तुल्सीपुर ट्राफिक प्रमुखमा केसी सरुवा

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

सागर थापा
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक पोस्ट भालुवाङमा नन्द पोख्रेल र ट्राफिक पोस्ट तुल्सीपुरमा चन्द्र केसीलाई काज सरुवा गरेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभएको छ ।
रेग्मीका अनुसार भालुवाङ ट्राफिक प्रमुखमा ६ महिनादेखि कार्यरत रहेका ट्राफिक प्रमुख रन्जित आचार्यको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा काज सरुवा गरिएको छ ।
उनको स्थानमा ट्राफिक पोस्ट तुल्सीपुरमा कार्यरत ट्राफिक प्रमुख पोख्रेललाई ट्राफिक पोस्ट भालुवाङ ल्याइएको छ । भने ट्राफिक पोस्ट ट्राफिक प्रमुख तुल्सीपुरमा जिल्ला ट्राफिक दाङबाट केसीलाई पठाएको छ ।
दाङ ट्राफिक प्रमुख रेग्मीका अनुसार दाङ जिल्लाभरमा हरेक ट्राफिक पोस्टमा ६ महिना सम्म मात्र प्रमुख रहने गरी मात्र काज सरुवा गरेको जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!