१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

एसपी चंन्दको कार्वाही सुरु १० थान अवैध मोटरसाईकलसहित १४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

सागर थापा दाङमा नयाँ एसपी आउन साथ अबैध मोटरसाइकलहरु धमाधम पक्राउ हुदै दाङमा दश थान अवैध मोटरसाईकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन (मोर्डिफाई) गरिएका १० थान मोटरसाईकल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् ।
प्रहरीले आइतवार घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले बजाज कम्पनीका ७ वटा, केटिएम ड्यूक १ र एक वटा यामहा कम्पनीका मोटरसाईकल पक्राउ गरेको हो । जसमा रा ४ प ५८३२ नम्वरको २२० सिसीको पल्सर, रा २ प ५०४४ को १५० सिसीको पल्सर, लु ४५ प ८४७ नम्परको १५० सिसीको पल्सर र रा ४ प ६०३९ नम्वर २२० सिसीको पल्सर, रा ४ प २४६, लु ४ प ४१११ र एउटा नम्वर नखुलेको मोटरसाईकल पक्राउ गरेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी चन्दले जानकारी दिएका हुन । त्यसैगरी बा ७६ प २९७६ र बा ८५ प ६१५ नम्वरको केटिएम ड्यूक र रा ४ प ६२१९ आर१५ मायाहा कम्पनीको मोटरसाइकलसहित घोराही उपमहानगरपालिका– १३ निवासी १८ बर्षीय संजय परियार, घोराही–१४ का २३ बर्र्षीय समिर सुनार, सोही ठाउँका २१ बर्षीय सुवास कार्की, सोही ठाउँकै ३५ बर्षीय केन्द्रबहादुर डाँगी, घोराही–१६ का २१ बर्षीय सागर हमाल, घोराही–१७ का २३ बर्षीय निरज योगी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरी लमही नगरपालिका–७ निवासी २५ बर्षीय प्रकाश चौधरी, सोही ठाउँ निवासी २५ बर्षीय पाल्टुराम चौधरी, सोही ठाउँ निवासी २७ बर्षीय हेमन्त गिरी, सोही ठाउँकै २४ बर्षीय धनिराम चौधरी, राजपुर गाउँपालिका–२ बेला निवासी १९ बर्षीय आयोज चौधरी,सोही ठाउँका २२ बर्षीय प्रियतम चौधरी, सोही ठाउँका २७ बर्षीय रविप्रताव यादव र सोही ठाउँका २७ बर्षीय राजकुमार यादवलाई पक्राउ परेको प्रहरी प्रम्ुख चन्दले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भैइरहेको समेत एसपी चन्दले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ भर्खरै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरू सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, […]

दाङ । जागिरे जीवनका केही फरक अनुभवहरूको सँगालो बोकी करिब १४ महिनाको अवधिसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा कार्यरत रहँदा मलाई विभिन्न तवरले मार्गदर्शन गर्नुहुने आदरणीय लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रमुख श्रद्धेय श्रीमान् भूपेन्द्रबहादुर खत्रीज्यू, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का प्रमुखज्यूहरू, जिल्ला प्रहरी कार्यालय दाङका […]

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

error: Content is protected !!