२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

पर्सा एसपी पन्तको कार्वाही सुरु ५ करोड रुपैया बराबरको अवैध समान पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन ०६, २०७७

राहुल गुप्ता
बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी श्रावण महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा , सृट सुटिङ, हाडवेयर, मरिच, मोटर , छोहडा लगाएतको अवैध समानहरु, भन्सार छलेर नेपाल भित्रयाउदै गरेको ४करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ ।
त्यसै गरी पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पन्तले ८२ लाख १४ हजार, ८ सय ६५ रुपैया सहित हुण्डी कारोवारमा संल्गन रहेको १७ जना ब्यक्तीहरुलाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयवाट मुद्धा चलाएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।
पर्सा प्रहरीले ३ करोड २लाख ५९ हजार ३ सय ३२ रुपैया बराबरको तस्करीको सामान सहित ३५ जना तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको समेत एसपी पन्तले बताउनुभएको छ।
पर्सा प्रहरीले पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाए तोकेको र बिभिन्न मुददामा फरार रहेका ५३ जनालाई प्रहरीले पक्राउ गरि ५ लाख ७३ हजार ७ सय २७ रुपैया जरिवाना असुलि गर्ने सफल भएको प्रहरी निरिक्षक रबिभुषण यादबले बताउनुभयो।
पर्सा प्रहरी उपरीक्षक पन्तको कार्यकारमा जिल्ला प्रहरी कार्यलय पर्सामा जम्मा १०८१ मुद्धा दर्ता भएको छ भने अहिले सम्म ७८४ मुद्धा र्फछर्ट भएकोले पर्सा जिल्लाको पहिलो प्रहरी उपरीक्षक पन्तको कार्यशैलीले पर्साबासि निकै खुशि रहेको जनकारहरुले बताएका छन् ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार सम्भालेका दिनदेखी तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका महिला एसपी हुन् ।
पर्सा प्रहरी उपरीक्षक पनतले लकडाउनलाई सफल पार्नेको लागि १८/ १८ घणटा अाफै डियुटि गरि लकडाउनको पालना गराई सफल बनाउनु भएको छ।
त्यसतै वीरगञ्जको घंटाघर देखी मुर्लिसम्म नाला सरसफाई अन्र्तगत भारतिय महावाणिज्य दुतावास सम्मको नाला सरसफाई गरिएको त्यसैगरी वीरगञ्जको भगवति टोलको नाला पनि सरसर्फाइ गरिएको छ । त्यस्तै व्यवस्थित बनाउनका लागि सडकमा जथाभावि छोडिएका छाडा पशु चौपायलाई पनि नियन्त्रणमा लिइएको छ। आज वीरगञ्जको विभिन्न क्षेत्रबाट २० वटा छाडा चौपाय नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका छाडा चौपायलाई आर्दशनगरस्थित काँजी हाउसमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा सञ्चालित अभियानले अहिले वीरगञ्जको सौन्दर्य बढ्नुका साथै मुहार समेत फेरीनेमा अभियानताहरु विश्वस्त छन् ।
त्यसै गरि एसपी पन्तले हरेक महिनामा प्रहरी संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको पहिलो एसपी हुन् ।
क्राईम टोली प्रहरीको ईन्चार्जा रबि भुषण यादबको सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएको छन्।भने त्यसै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि कमि अाएपछि पर्सा जिल्लाका बासिहरु क्राईम ब्रान्च प्रमुख यादब र प्रहरी उपरीक्षक पन्त संग निकैने खुशी रहेको पर्सा जिल्लाका स्थानिय जितेन्द्र कुशवाहाले बताउनु भयो।
जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका प्रहरी उपरीक्षक पन्त प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको
प्रहररी उपरीक्षक पन्तले प्रहरी ऐन बिपरीत कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गर्नुभएको बताइन् ।
पर्साका प्रहरी उपरिक्षक पन्त भन्छिन् आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरिन । पन्त भन्छिन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनी सोही गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

काठमाडौं । पर्साको आदर्श नगरमा‘ट्रान्सपोर्ट व्यवसायको नाममा वर्षौँदेखि मौलाउँदै आएको अवैध तस्करी विरुद्ध सशस्त्र प्रहरीले गरेको कारबाही केवल एउटा छापा मात्र थिएन, त्यो राज्यको उपस्थितिको अनुभूति थियो। जोखिम, अभाव र सीमित स्रोतका बाबजुद पनि अवैध धन्दामाथि प्रहार गर्नु सशस्त्र प्रहरीको पेशागत साहस, प्रतिबद्धता र कर्तव्यनिष्ठताको प्रमाण हो। यस अर्थमा सशस्त्र प्रहरी धन्यवादको पात्र छ। तर […]

error: Content is protected !!