२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

पर्सा एसपी पन्तको कार्वाही सुरु ५ करोड रुपैया बराबरको अवैध समान पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन ०६, २०७७

राहुल गुप्ता
बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी श्रावण महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा , सृट सुटिङ, हाडवेयर, मरिच, मोटर , छोहडा लगाएतको अवैध समानहरु, भन्सार छलेर नेपाल भित्रयाउदै गरेको ४करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ ।
त्यसै गरी पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पन्तले ८२ लाख १४ हजार, ८ सय ६५ रुपैया सहित हुण्डी कारोवारमा संल्गन रहेको १७ जना ब्यक्तीहरुलाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयवाट मुद्धा चलाएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।
पर्सा प्रहरीले ३ करोड २लाख ५९ हजार ३ सय ३२ रुपैया बराबरको तस्करीको सामान सहित ३५ जना तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको समेत एसपी पन्तले बताउनुभएको छ।
पर्सा प्रहरीले पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाए तोकेको र बिभिन्न मुददामा फरार रहेका ५३ जनालाई प्रहरीले पक्राउ गरि ५ लाख ७३ हजार ७ सय २७ रुपैया जरिवाना असुलि गर्ने सफल भएको प्रहरी निरिक्षक रबिभुषण यादबले बताउनुभयो।
पर्सा प्रहरी उपरीक्षक पन्तको कार्यकारमा जिल्ला प्रहरी कार्यलय पर्सामा जम्मा १०८१ मुद्धा दर्ता भएको छ भने अहिले सम्म ७८४ मुद्धा र्फछर्ट भएकोले पर्सा जिल्लाको पहिलो प्रहरी उपरीक्षक पन्तको कार्यशैलीले पर्साबासि निकै खुशि रहेको जनकारहरुले बताएका छन् ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार सम्भालेका दिनदेखी तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका महिला एसपी हुन् ।
पर्सा प्रहरी उपरीक्षक पनतले लकडाउनलाई सफल पार्नेको लागि १८/ १८ घणटा अाफै डियुटि गरि लकडाउनको पालना गराई सफल बनाउनु भएको छ।
त्यसतै वीरगञ्जको घंटाघर देखी मुर्लिसम्म नाला सरसफाई अन्र्तगत भारतिय महावाणिज्य दुतावास सम्मको नाला सरसफाई गरिएको त्यसैगरी वीरगञ्जको भगवति टोलको नाला पनि सरसर्फाइ गरिएको छ । त्यस्तै व्यवस्थित बनाउनका लागि सडकमा जथाभावि छोडिएका छाडा पशु चौपायलाई पनि नियन्त्रणमा लिइएको छ। आज वीरगञ्जको विभिन्न क्षेत्रबाट २० वटा छाडा चौपाय नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका छाडा चौपायलाई आर्दशनगरस्थित काँजी हाउसमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा सञ्चालित अभियानले अहिले वीरगञ्जको सौन्दर्य बढ्नुका साथै मुहार समेत फेरीनेमा अभियानताहरु विश्वस्त छन् ।
त्यसै गरि एसपी पन्तले हरेक महिनामा प्रहरी संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको पहिलो एसपी हुन् ।
क्राईम टोली प्रहरीको ईन्चार्जा रबि भुषण यादबको सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएको छन्।भने त्यसै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि कमि अाएपछि पर्सा जिल्लाका बासिहरु क्राईम ब्रान्च प्रमुख यादब र प्रहरी उपरीक्षक पन्त संग निकैने खुशी रहेको पर्सा जिल्लाका स्थानिय जितेन्द्र कुशवाहाले बताउनु भयो।
जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका प्रहरी उपरीक्षक पन्त प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको
प्रहररी उपरीक्षक पन्तले प्रहरी ऐन बिपरीत कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गर्नुभएको बताइन् ।
पर्साका प्रहरी उपरिक्षक पन्त भन्छिन् आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरिन । पन्त भन्छिन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनी सोही गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

  दाङ । गढवा धानखोल कृषि सहकारी संस्था लगायत अन्य सहकारी संस्थामा भएको भनिएको बजेट दुरुपयोग तथा घोटालाको निष्पक्ष छानबिनको माग गर्दै गढवा गाउँपालिकामा अनसनरत रहेका स्थानीय युवा तथा सामाजिक अभियन्ता सन्देश भण्डारीले आफ्नो अनसन अन्त्य गरेका छन्। भण्डारीले उठाएका मागहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको र सो मामिलामा गाउँपालिका पूर्णरूपमा सहयोग गर्न तयार रहेको […]

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस विधेयकमा दुर्घटना, चोटपटक, अंगभंग, मृत्यु र मालसामानको क्षतिपूर्ति व्यवस्था समेटेको छ, जसमा क्षतिपूर्ति रकम पाँच गुणा वृद्धि गरिएको छ। यस विधेयकमा यात्रु, मालसामान र उडान रद्द वा स्थगनको व्यवस्था समेत समेटिएको छ, र सर्वसाधारणले राय सुझाव दिन सक्ने व्यवस्था छ। सरकारले आन्तरिक उडान क्रममा हवाईजहाज […]

error: Content is protected !!