१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

किर्ते हस्ताक्षर र बहुविवाह रोक्न राष्ट्रिय अनलाइन पत्रकार संघले सक्रिय कदम चाल्ने

Logo
प्रकाशित मंगलबार, साउन ०६, २०७७

एबिसी संचार
बाँके मुलुकमा बढ्दो किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको र बहुविवाहको घटना रोक्न अब राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ ले सक्रिय भूमिका खेल्ने भएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को मंगलबार बसेको बिशेष बैठकले किर्ते हस्ताक्षर र बहुविवाहको बिरूद्द प्रमाण जुटाई सम्बन्धित प्रशासन र जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिई कारवाही अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।
बढ्दो किर्ते हस्ताक्षर र बहुविवाहको घटनाका कारण मुलुकको हित र गलत कार्यको पर्दाफास अभियान अन्तरगत दोषीलाई नेपालको कानुन अनुसार कारवाही गराउन सरोकार निकायमा दर्ता गराउने र सरोकार निकायले पावरको हैसियतमा दर्ता गर्न नमाने वा अानाकानी गरे सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीसमक्ष निवेदन दिई दर्ता गराउने पहल गर्ने राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ निर्णय गरेको छ ।
यस बिषयमा राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ अध्यक्ष उदय सिंह श्रेष्ठ भन्नुहुन्छ “गलत कार्य गर्ने पत्रकार नै किन नहोस, उजुरी दर्ता गराइ कानुनी कारवाहीको लागि पहल गराउन नोजा सक्रिय हुन्छ । किर्ते हस्ताक्षर र बहुविवाहको प्रमाण संकलन कार्य जारी छ । प्रमाण आउनासाथ नोजाले उजुरी दर्ता गर्छ । मुलुकको हित र गलत कार्यको पर्दाफास अभियानमा सम्बन्धित निकायले जिल्लामा उजुरी दर्ता गरिएन भने राजधानीमा धर्ना दिएर भएपनि उजुरी दर्ता गराइ दोषीलाई कारवाही गराउन नोजाले सक्रिय भूमिका खेल्छ ।”
राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को आज बसेको बिशेष बैठकमा विधिवत दर्ता भएका अनलाइनमा कार्यरत पत्रकारहरूलाई सदस्यता वितरण लगायतको निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

काठमाडौँ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण […]

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

error: Content is protected !!