२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दाङ प्रहरीले लागूऔषध अफिम जिप र मोटरसाइकल सहित ४ जना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी ९६७ ग्राम लागुऔषध अफिमसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष गोप्य सूचनाको आधारमा देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको दक्षिणकाली सोल्टी होटेलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । प्रहरी प्रमुख एसपी चन्दका अनुसार प्रहरीले उनीहरुको साथबाट ६ किलो ९६७ ग्राम अवैध लागुऔषध अफिम नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा नं. ५ निवासी ३५ बर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका–२ निवासी ३२ बर्षीय लालमन घर्तिमगर, सोही ठाउँ निवासी ३२ बर्षीय हर्कबहादुर घर्तिमगर र सोही ठाउँ निवासी २२ बर्षीय लालसिंह विकलाई पक्राउ गरेको प्रहरी प्रमुख चंन्दले जानकारी दिएका छन् ।
प्रहरीले लागुऔषध अफिमसहित उनीहरुको साथबाट लु १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जिप,लु ४० प ९८०६ नम्वरको २२० सिसिको पल्सर मोटरसाईकल र विभिन्न कम्पनीका ५ थान मोवाइल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालतबाट लागुऔषध मुद्धामा १० दिनको म्यादथप गरि थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!