०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

अर्को सूचना नआउदासम्म यातायात र आन्तरिक राजस्व बन्द हुने

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

महेन्द्र सिंह बाँके जिल्ला स्तरिय काभिड–१९ व्यवस्थापन केन्द्र, बाँकेको सोमबारको बैठकले आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखा परेकाले अर्को सूचना नआउदासम्म यी कार्यालय बन्द राख्ने निर्णय गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्गको अध्यक्षतामा बसेको सो केन्द्रको बैठकले यी दुई कार्यालयलाई अर्को सूचना नहुँदासम्म बन्द राख्ने गरी शिल गरिएको हो । यी दुबै कार्यालय अत्याधिक जनसम्पर्क हुने कार्यालय हुन । सो बैठकले कोरोनाको संक्रमण समाप्त भइनसकेकाले सवै पालिकाले आईसोलेसन सेन्टर र क्वारेन्टाईन यथास्थितिमा राख्न आग्रह गर्दै सबै पालिकाले कम्तीमा एउटा २५–२५ बेडको आईसोलेसन सेन्टर र क्वारेन्टाईन राखिराख्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताए । उनले सो बैठकले सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सेनिटाइजर प्रयोग गाराउन प्रचार प्रसार गर्ने निर्णय गरेको छ । प्रहरी प्रशासनदेखि पालिकासम्मलाई यी कार्यमा खटाईने बताए । बैठकले कोभिड–१९ को जोखिम कायमै रहेको कारण जनसम्पर्क बढी हुने तथा सबै सरकारी कार्यालयका प्रमुखलाई पनि स्वास्थ सावधानी अपनाउन निर्देशन दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!