२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा वन्कसवासा देखि धानखोला सम्म ट्राफिक सचेतना बोर्ड जडान

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

अजय मिश्र, कपिलवस्तु, साउन, १४
जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासा देखि धानखोला सम्म सम्भावित पहिरो जान सक्ने ठांउमा ट्राफिक सचेतना बोर्ड जडान गरिएको छ ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ सवारी चालक लाई बाटोमा जानकारी गराउनका लागी वन्कसवासा देखि धानखोला सम्म पहिरो जान सक्ने सम्भावित ठाउँ मा सावधान, पहिरो खस्ने स्थान, सावधानी पूर्वक यात्रा गर्नु होला(पहिरो खस्ने ट्राफिक संकेत गरेको चित्र ) भएको बोर्ड जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु ट्राफिक प्रमुख प्रहरी निरिक्षक टक्कर स्वाॅर ले आफै उक्त ठाउँमा पुगेर बोर्ड जडान गर्ने कार्य सराहनीय रहेको स्थानीय को भनाई रहेको छ ।
पछिल्लो समयमा देशको अधिकांश भागमा लगातार बर्षा का कारण विभिन्न ठाउँमा पहिरो गएका ले जन-धनको क्षती लगायत सवारी साधनलाई समेत क्षति हुने हुदाँ पहिरो खस्न सकने सम्भावित ठाउको पहिचान गरि सवारी दुर्घटना न्यूनिकरण गर्न, चालक लाई सावधानी पूर्वक गाड़ी चलाउन , सहयोग पुग्ने हुदाँ उक्त ट्राफिक सचेतना बोर्ड जडान गरिएको कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वाॅर ले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]