१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
×

सेती नदिमा नुहाउने क्रममा दुईजना स्वास्थ्यकर्मी बेपत्ता

Logo
प्रकाशित शनिबार, साउन १७, २०७७

एबिसी संचार
डडेल्धुरा शिखर नगरपालिका-१० गहनान क्षेत्रबाट सेती नदिमा नुहाउने क्रममा शनिबार दुई जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । डडेलधुरा अस्पताल डडेलधुरमा कार्यरत परशुराम नगरपालिका-१ घर भएका बर्ष २४ का ल्याप असीस्टेन पदमा कार्यरत हरि जोशी र सोही अस्पतालमा कार्यरत खप्तड छान्ना गाउँपालिका-५ बझाङ घर भएका हेल्थ असीस्टेन्स पदमा कार्यरत बिनय सिह नुहाउने क्रममा दिउसो करीब २ बजे तिर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक एवं सुचना अधिकारी कर्ण बोहराले जानकारी दिएका छन् ।
शनिबारको दिन पारेर डोटीको शैलेश्वरी मन्दिर दर्शन गरेर फर्किने क्रममा नदिमा नुहाउन गएको बेला बेपत्ता भएका प्रहरीले जनाएको छ । बेपत्ता स्वास्थ्यकर्मीको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]