२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काेराेना महामारीमा पनि इन्धन आपूर्तिमा कुनै कमि हुन दिएका छैनौ प्रमुख :पाेख्रेल

Logo
प्रकाशित मंगलबार, साउन २०, २०७७

सागर थापा/बिदुर एमसी विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको महामारीको समयमा पनि अाफ्नाे इन्धन डिपोबाट अाम उपभोक्ताहरुलाई निरन्तर सेवा प्रवाह भएको नेपाल आयल निगम बाँकेका कार्यालय प्रमुख नवविनाेद पाेख्रेलले बताएका छन् । हप्तामा प्राय सबैजसाे दिनहरूमा अाफ्नाे इन्धन डिपोबाट सैयौ ट्याङ्करहरुबाट इन्धन ढुवानी हुने भएकोले उपभोक्ताहरुकाे मागअनुसार अापूर्ति गर्न सम्भव भएको हाे । भारतकाे उत्तर प्रदेशको गाेण्डामा रहेको डिपोबाट इन्धन ल्याएर नेपालगञ्जमा भण्डारण गर्ने र त्यहाँबाट अासपासका लगायत पहाडी जिल्लाहरुमा पनि इन्धन आपूर्ति गर्ने गरिएको इन्धन डिपोका कार्यालय प्रमुख पाेख्रेलले जानकारी गराए ।भारतमा काेराेनाकाे महामारी द्रुतगतिमा बढिरहेको अवस्थामा अाफ्ना कर्मचारीहरुले त्यति ठूलो जाेखिम माेलेर पनि इन्धन आपूर्तिमा महत्त्वपूर्ण भूमिका निभाएकोमा ट्याङ्कर, डिपो कर्मचारी र पम्पहरुलाई उनले विशेष रूपमा सम्झिए । डिपो ट्याङ्कर व्यवसायी र पम्पहरु मिलेर उपभोक्ताहरुलाई निकै ठूलो मारमा पारेका छन् नि, भन्ने सञ्चारकर्मिकाे प्रश्नको उत्तरमा यदि कहीँ कतैबाट कुनैबाट त्यस्तो अवाञ्छित क्रियाकलाप भएको भए अाफू कारवाही भाेग्न र अाफ्ना मातहतका कर्मचारीहरुलाई पनि कारबाही गर्न अाफू तत्पर रहेको प्रमुख पाेख्रेलले खुलस्त पारे । बेला बखतमा तपाईंका पम्पहरुले इन्धन छैन भनेर उपभोक्तालाई रित्तै फर्काएका पनि छन यसमा तपाईं के भन्नुहुन्छ त ? भनेर सोधिएको प्रश्नको जवाफमा डिपोका कार्यालय प्रमुख नवबिनोद पाेख्रेलले भने यदि त्यस्तो भएको छ भने हाम्रो कार्यालयमा खवर गर्नुहाेस्, हामी त्यस्ता पम्पलाई तुरुन्तै कारबाही गर्नेछौं । बजारमा इन्धन सम्बन्धि अनेकौं गुनासाहरु आएकाले एबिसी सञ्चारकर्मिहरुकाे टाेली बाँके जिल्लामा रहेको नेपाल अायल निगमको इन्धन डिपो कार्यालयमा पुगेर त्यहाँका कार्यालय प्रमुख नवविनाेद पाेख्रेलसंग समसामयिक विषयमा कुराकानी गरेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]