३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

बाँकेमा थप निषेधाज्ञा बढाउने तयारीमा जिल्ला प्रशासन

Logo
प्रकाशित मंगलबार, साउन २०, २०७७

महेन्द्र सिंह
बाँकेमा निषेधाज्ञा आज सकिदै गर्दा थप्ने कि हटाउने भन्नेबारेमा अधिकारीहरुले निर्णय गर्दैछन् ।
दिउँसो एक बजे जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दैछ । त्यो बैठकले निषेधाज्ञा हटाउने कि थप्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
‘म त केही दिन बढाउने पक्षमा छु । हेरौं, बैठकले के निर्णय गर्छ, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सुनपानीसँग भन्नुभयो, ढाई/तीन बजेसम्म निर्णय आउँला ।’
५ दिनमा ६२ जना कोरोना संक्रमित थपिएपछि केही दिन निषेधाज्ञा बढाएर जाने कि भन्नेबारेमा अधिकारीहरु छलफलमा छन् । एकथरी चाहि निषेधाज्ञा थप्नु भन्दा कोरोना देखिएका ठाउँलाई सील गरेर अघि बढ्नु पर्ने पक्षमा छन् । कोर एरियालाई सील गरेर अघि बढ्ने विषयमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सम्बन्धित वडाका अध्यक्षहरुसँग छलफल गरिसक्नु भएको छ ।
प्रधानमन्त्रीले समेत विज्ञहरु बोलाएर फेरि लकडाउन गर्ने कि भनेर छलफल थाल्दा समुदायस्तरमा कोरोना देखिएको बाँकेमा निषेधाज्ञा बढेमा आश्चार्य मान्नु नपर्ला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!