२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा थप निषेधाज्ञा बढाउने तयारीमा जिल्ला प्रशासन

Logo
प्रकाशित मंगलबार, साउन २०, २०७७

महेन्द्र सिंह
बाँकेमा निषेधाज्ञा आज सकिदै गर्दा थप्ने कि हटाउने भन्नेबारेमा अधिकारीहरुले निर्णय गर्दैछन् ।
दिउँसो एक बजे जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दैछ । त्यो बैठकले निषेधाज्ञा हटाउने कि थप्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
‘म त केही दिन बढाउने पक्षमा छु । हेरौं, बैठकले के निर्णय गर्छ, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सुनपानीसँग भन्नुभयो, ढाई/तीन बजेसम्म निर्णय आउँला ।’
५ दिनमा ६२ जना कोरोना संक्रमित थपिएपछि केही दिन निषेधाज्ञा बढाएर जाने कि भन्नेबारेमा अधिकारीहरु छलफलमा छन् । एकथरी चाहि निषेधाज्ञा थप्नु भन्दा कोरोना देखिएका ठाउँलाई सील गरेर अघि बढ्नु पर्ने पक्षमा छन् । कोर एरियालाई सील गरेर अघि बढ्ने विषयमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सम्बन्धित वडाका अध्यक्षहरुसँग छलफल गरिसक्नु भएको छ ।
प्रधानमन्त्रीले समेत विज्ञहरु बोलाएर फेरि लकडाउन गर्ने कि भनेर छलफल थाल्दा समुदायस्तरमा कोरोना देखिएको बाँकेमा निषेधाज्ञा बढेमा आश्चार्य मान्नु नपर्ला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!