२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सरकारको बिकास निर्माणको याेजनाहरु समयमै बन्छ मुख्यमन्त्री पोख्रेल

Logo
प्रकाशित बुधबार, साउन २१, २०७७

सागर थापा दाङ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारको बिकास निर्माणको याेजनाहरु समयमै बन्छ विकास निर्माणमा नागरिकहरुको खबरदारी जरुरी रहेको बताए । बुधबार जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले समाज सचेत र नागरिकहरुको खबरदारी भए मात्रै विकास हुने बताएका हुन् ।
निर्माणमा ढिलाई भएका कटुवाखोला र पत्रे खोलाको काम प्रति इंगित गर्दै मुख्यमन्त्री पोख्रेलले जिम्मेवारी लिनेले काम नगर्ने र त्यसलाई राजनितिक संरक्षण भैरहने प्रबृत्तीका कारण विकास अलपत्र परेको उल्लेख गरे ।
राज्यले गरेका लगानीमा चासो, सहभागिता र खबरदारी सबै नागरिकहरुमा हुन आवश्यक रहेको बताए । तीन तहका सरकारले तय गरेका कार्यक्रम र बजेटको सहि सदुपयोग गराउने जिम्मेवारी जिल्ला समन्वय समितिको भएको उल्लेख गरे । आर्थिक, सामाजिक, भौतिक विकासमा देश अघि बढेको भन्दै उनले सरकारले ल्याउने योजनालाई आफ्नो सम्पत्ती ठानेर सहि सदुपयोग गर्न नागरिकहरुलाई अपिल समेत गरे । दाङको विकास र संबृद्धीलाई अब जनताको जिवन स्तर उठाउने सवाल सँग जोडेर सरकार अघि बढेको बताए । साथै मुख्यमन्त्री पोख्रेलले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको काम प्रति गम्भिर असन्तुष्टि बताए । कोरोना जाँचका दुई वटा मेसिन राखेको प्रतिष्ठानले महामारीको बेला पैसामा ध्यान दिएर मेसिन बन्द गरेर बस्ने कार्य प्रति असन्तुष्टि जनाए । उपचार र पढाईमा बिषेश ध्यान दिदै जग्गा खोजीमा लाग्नुपर्ने प्रतिष्ठानले व्यापार गर्ने तर्फ ध्यान दिएको भन्दै मुख्यमन्त्री पोख्रेलले यस बिषयमा पनि राजनितिक दलहरु बिभाजित हुनु बिडम्बना भएको उल्लेख गरे । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले स्थानिय सरकारको कार्यक्रम र बजेटलाई सफल बनाउन समन्वयकारी भूमिकामा आफुहरु सधै सँगै रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]