०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सरकारको बिकास निर्माणको याेजनाहरु समयमै बन्छ मुख्यमन्त्री पोख्रेल

Logo
प्रकाशित बुधबार, साउन २१, २०७७

सागर थापा दाङ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारको बिकास निर्माणको याेजनाहरु समयमै बन्छ विकास निर्माणमा नागरिकहरुको खबरदारी जरुरी रहेको बताए । बुधबार जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले समाज सचेत र नागरिकहरुको खबरदारी भए मात्रै विकास हुने बताएका हुन् ।
निर्माणमा ढिलाई भएका कटुवाखोला र पत्रे खोलाको काम प्रति इंगित गर्दै मुख्यमन्त्री पोख्रेलले जिम्मेवारी लिनेले काम नगर्ने र त्यसलाई राजनितिक संरक्षण भैरहने प्रबृत्तीका कारण विकास अलपत्र परेको उल्लेख गरे ।
राज्यले गरेका लगानीमा चासो, सहभागिता र खबरदारी सबै नागरिकहरुमा हुन आवश्यक रहेको बताए । तीन तहका सरकारले तय गरेका कार्यक्रम र बजेटको सहि सदुपयोग गराउने जिम्मेवारी जिल्ला समन्वय समितिको भएको उल्लेख गरे । आर्थिक, सामाजिक, भौतिक विकासमा देश अघि बढेको भन्दै उनले सरकारले ल्याउने योजनालाई आफ्नो सम्पत्ती ठानेर सहि सदुपयोग गर्न नागरिकहरुलाई अपिल समेत गरे । दाङको विकास र संबृद्धीलाई अब जनताको जिवन स्तर उठाउने सवाल सँग जोडेर सरकार अघि बढेको बताए । साथै मुख्यमन्त्री पोख्रेलले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको काम प्रति गम्भिर असन्तुष्टि बताए । कोरोना जाँचका दुई वटा मेसिन राखेको प्रतिष्ठानले महामारीको बेला पैसामा ध्यान दिएर मेसिन बन्द गरेर बस्ने कार्य प्रति असन्तुष्टि जनाए । उपचार र पढाईमा बिषेश ध्यान दिदै जग्गा खोजीमा लाग्नुपर्ने प्रतिष्ठानले व्यापार गर्ने तर्फ ध्यान दिएको भन्दै मुख्यमन्त्री पोख्रेलले यस बिषयमा पनि राजनितिक दलहरु बिभाजित हुनु बिडम्बना भएको उल्लेख गरे । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले स्थानिय सरकारको कार्यक्रम र बजेटलाई सफल बनाउन समन्वयकारी भूमिकामा आफुहरु सधै सँगै रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!