२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

इप्रका प्रहरीले डेढ महिनामा ४८ ट्याक्टरहरु पक्राउ १० लाख बढी राजस्व

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

तेज वली
दाङमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले मात्रै डेढ महिनामा अवैद्य उत्खनन् गर्ने ४८ ट्याक्टर पक्राउ गरेको छ ।
जसबाट १० लाख ६० हजार बढि राजश्व संकलन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार ४१ वटा ट्याक्टर तुलसीपुर उपमहानगरपालिकालाई कारवाहीको लागि जिम्मा लगाएको र सात वटा ट्याक्टर दंगीशरण गाउँपालिकालाई कारवाहीका लागि जिम्मा लगाएको उनको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाले एउटा ट्याक्टरको २५ हजार र दंगीशरण गाउँपालिकाले पाचँ हजारका दरले जरिवाना लिने गरेको छ । उनका अनुसार डेढ महिनामै यति धेरै अबैद्य उत्खनन् गरिएका ट्याक्टर पक्राउ गरिएको उनले बताए । ग्वाँर खोला, बबई, पातुखोलालगायतमा अहिले अवैद्य उत्खनन् भईरहेको छ । जिल्लामा अवैद्य उत्खनन्ले गर्दा समस्या हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!