२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

सशस्त्र प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

एबिसी संचार
महोत्तरीको गौशाला नगरपालिका १ बाट शुक्रबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बिजय साह र सोही जिल्लाको औरही नगरपालिका ६ बस्ने रुकेशकुमार साह छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
ना २८ प ८४१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन तीन बोतल र स्पास ट्याब्लेट ४१ वटा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट आठ हजार एक सय भारतीय रुपैयाँ, २४ हजार सात सय ४० नेपाली रुपैयाँ र दुई वटा मोबाईल सेट समेत बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]