२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ घोराही बजारको दुई महिनामै उप्किन थाल्यो (कालोपत्रे)

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

खिमराज रिजाल
दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ मा पिच गरेको सडक दुई महिनामै उम्किन थालेको छ ।
घोराहीको ट्राफिक चोकदेखि हस्पीटल रोड, निमाहल रोड हँुदै दुरसंचार जोड्ने सडक खण्डको राधाकृष्ण टोलमा सडक उप्कन थालेको हो ।
नाला निर्माणमा क्रममा भएको गलत डिजाइनका कारण साईमन्दिर टोलको नालाबाट बग्ने पानी बुझिएको हेमपाइपभित्रबाट हाल्दा बिच सडक फुटेर पानी बग्न थालेपछि जेठ महिनामा पिच गरिएको सडक साउन महिनामा उप्किएको हो ।
राधाकृष्ण टोल निवासी समेत रहेका दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशीका अनुसार साई मन्दिर टोलको नाला बनाउने क्रममा बुझिएको र निकास ननिकाली नाला बनाउँदा अहिले नालाको पानी पिच सडकमै आउने गरेको बताएका छन ।
पिच सडकबाटै पानी बग्ने भएपछि प्रदेश सरकारको बजेटमा निर्माण गरिएको उक्त सडकको गणेश मन्दिरदेखि पिपलबोटसम्मको सडकको कालोपत्रे उप्किएर ठाउँ–ठाउँमा खाल्टाखुल्टी पर्न सुरु गरेको छ ।
नाला निर्माणका क्रममा भएको लापरवार्ही कारण घोराही बजारमै सडक उप्कन थालेको हो । सडकमा पानी बग्न थालेको र जसका कारण सडकको कालोपत्रे उप्किन थलोका पटक पटक सम्वन्धीत निकायमा जानकारी गराउँदासम्म कुनै पहल नभएको उपाध्यक्ष जोशीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।