२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा बेलुकी ७ बजेको बन्द कायमै सवारीसाधनमा जोडबिजोड लागू

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

सागर थापा दाङ कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातीमा जारी बन्दलाई निरन्तरता दिइने भएको छ ।जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेद्याज्ञालाई कायमै राख्ने निर्णय गरेको हो । वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वरको उपस्थितिमा बसेको वैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड बिजोड प्रणाली लागू गर्ने, बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पुरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय भएको हो । वैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ । वैठकले सबै गाउँपालिकामा क्वारेन्टाइन, आइस्योलेसनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, चेकजाँच बढाउने निर्णय गरेको छ । वैठकले बढि भिडभाड हुने वैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयहरुमा हुने कामकारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य माक्स प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउनेलगायतका निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]