०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

साला अपहरण गर्ने भिनाजु पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

महेन्द्र सिंह बाँके ससुरासँग ४ लाख ८५ हजार नगद रहेको थाहा पाएपछि नेपालगञ्ज–१६ का कल्लु भन्ने कलिम खाँले आफ्नै १३ वर्षीय साला इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेका हुन् । भदौ ९ गते राती साढे आठ बजे मोहर्रम हेर्न गएको बेला कलिमले सालालाई अपहरण गरेका थिए । अपहरण गरेर उनले दुई दिन आफ्नै घरमा राखेका थिए ।
सालालाई घरमा राखेपछि ससुरालमा फोन गरेर दश लाख फिरौती मागेका थिए । बालक अपहरणमा परेको भोलीपल्ट प्रहरीलाई खबर आएको थियो । प्रहरीले रातभरी अप्रेसन चलाएर बालकको उद्धार गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!