२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बाँकेमा ९ प्रहरीसहित २४ जनामा कोरोना पुष्टि

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

महेन्द्र सिंह
बाँके ९ जना प्रहरीसहित २४ जनालाई कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय, बाँकेका सात जनासहित नौ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ ।
कोरोना देखिनेमा बैंक कर्मचारी पनि छन् । १५ जना पुरुष र नौ जना महिलालाई कोरोना देखिएको छ । योसँगै बाँकेमा एक हजार ६७ जनालाई कोरोना भएको छ । ७ सय ४६ जना डिस्चार्ज भएका छन् ।
यसैबीच, पत्रकार दामोदर भण्डारीलाई कोरोना पुष्टि भएको छ । सद्भाव दैनिक र सेतोखरी अनलाइनका सम्पादक भण्डारीलाई ज्वरो आएपछि जाँच गर्दा कोरोना देखिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!