२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०७७

ABC Sanchar
रौतहट पुजारी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई सार्वजनिक गरेको छ। हत्यामा संलग्न रहेको आरोपमा रौतहटको देवाहि गोना नगरपालिका- १ करुनियाका ३६ वर्षीय नरेश पटेल र २८ वर्षीय बालकुमार पटेललाई सार्वजनिक गरेको छ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई बिहान १० बजे रौतहटको बौधिमाइ नगरपालिका- ७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। राम नरेश पटेलले कटुवा पेस्तोलले गोली प्रहार गरेको र बाल कुमारले बाटोमा बसेर मानिसको आवतजावत हेरेको प्रहरीले जनाएको छ।
राम नरेशले पुजारीसँग व्याजमा पैसा लिएको त्यस विषयमा विवाद रहेको, मन्दिर नजिकै रक्सि पसल रहेको रक्सी सेवन गरी उनीहरुले विवाद गर्ने गरेको, मन्दिरको धारामा हात धुने विषयमा विवाद भएको, गाउँमा विभिन्न बिषयमा छलफल हुँदा पुजारीले फरक मत राख्ने गरेकोले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य फरार रहेको खोजी भइरहेको प्रदेश २ प्रहरी प्रवक्ता डिएसपी अंशुकुमार सिंहले जनाएका छन्। पक्राउ परेकाहरु माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको छ।
रौतहटको माधवनारायण नपा- २ खेसरहियाटोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको भदौ ३ गते राति गोली हानी हत्या भएको थियो।
राति करिव ९ बजे खाना खाइरहेको अवस्थामा साहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो।
प्रहरीले बुधबार बिहान १० बजे बोधिमाई नपाको बंकुलबाट उनीहरुलाई पक्राउ गरेको जनाएपनि केहिदिन अघि भारतको बिहारबाट भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरी नेपाल ल्याएको सार्वजनिक भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।