१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
×

हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०७७

ABC Sanchar
रौतहट पुजारी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई सार्वजनिक गरेको छ। हत्यामा संलग्न रहेको आरोपमा रौतहटको देवाहि गोना नगरपालिका- १ करुनियाका ३६ वर्षीय नरेश पटेल र २८ वर्षीय बालकुमार पटेललाई सार्वजनिक गरेको छ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई बिहान १० बजे रौतहटको बौधिमाइ नगरपालिका- ७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। राम नरेश पटेलले कटुवा पेस्तोलले गोली प्रहार गरेको र बाल कुमारले बाटोमा बसेर मानिसको आवतजावत हेरेको प्रहरीले जनाएको छ।
राम नरेशले पुजारीसँग व्याजमा पैसा लिएको त्यस विषयमा विवाद रहेको, मन्दिर नजिकै रक्सि पसल रहेको रक्सी सेवन गरी उनीहरुले विवाद गर्ने गरेको, मन्दिरको धारामा हात धुने विषयमा विवाद भएको, गाउँमा विभिन्न बिषयमा छलफल हुँदा पुजारीले फरक मत राख्ने गरेकोले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य फरार रहेको खोजी भइरहेको प्रदेश २ प्रहरी प्रवक्ता डिएसपी अंशुकुमार सिंहले जनाएका छन्। पक्राउ परेकाहरु माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको छ।
रौतहटको माधवनारायण नपा- २ खेसरहियाटोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको भदौ ३ गते राति गोली हानी हत्या भएको थियो।
राति करिव ९ बजे खाना खाइरहेको अवस्थामा साहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो।
प्रहरीले बुधबार बिहान १० बजे बोधिमाई नपाको बंकुलबाट उनीहरुलाई पक्राउ गरेको जनाएपनि केहिदिन अघि भारतको बिहारबाट भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरी नेपाल ल्याएको सार्वजनिक भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]