२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अत्यावश्यक काममा बाहेक अटो रिक्सा चलाउन पाइन्न एसपी : चन्द

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

सागर थापा
दाङमा लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यात्रुबाहक सवारी साधन सन्चालनमा रोक लगाईएको छ । तर पनि सार्वजनिक सवारीको सुचीमा पर्ने अटो र ईलेक्ट्रिक रिक्साहरु भने सन्चालनमा भएको पाईन्छ ।हरेक दिन विहान ५ बजेदेखी दिउँसो १२ बजे सम्म बजार खुला भएसंगै अटो रिक्साहरु पनि बजार देखी गाउँ सम्म गुडिरहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले अत्यावश्यक काममा बाहेक अटो रिक्सा चलाउन नपाईने बताएका छन् ।जिल्लामा सार्वजनिक सवारी साधन सन्चालनमा रोक लगाईएको हुदा अटो,रिक्सा पनि सोहि अन्र्तगत पर्ने प्रहरी प्रमुख चन्दले बताएका छन् ।उनका अनुसार अटो रिक्सालाई बिरामी बोक्न, दाहसंस्कारमा जाने मानिसलाई बोक्न छुट दिईएको छ । त्यस बाहेक अन्य प्रयोजनका लागी यात्रुहरु ओसारपसार गर्न नपाईने एसपी चन्दले बताए ।उनले जिल्लामा निजि सवारी साधनलाई जोरबिजोर प्रणालीमा चल्न दिईएको बताउदै अन्य सवारी साधन चलाउन नपाईने बताएका छन् ।
लकडाउनलाई प्रभावकारी बनाउन आफुहरुले कडाईका साथ चेकजाँच गरेपनि अटो रिक्साले प्रहरीलाई झुक्याउदै चलाउने गरेको उनको भनाई छ । उनका अनुसार हाल अत्यवाश्यक सवारी साधन मात्रै चलाउन दिईएको छ । यस्तैगरी अनावशयक हिडडुल गर्ने मानिसहरुलाई पनि होल्डमा राख्ने गरिएको छ । जिल्लामा कोरोना भाईरस समुदाय स्तरमै फैलिन थालेपछि गएको भदौ १४ गते राती देखी २१ गते राती १२ बजे सम्म पुर्ण रुपमा लकडाउन गरिएको थियो ।त्यसपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको गएको आईतवार बसेको बैठकले लकडाउनलाई खुकुलो बनाउदै थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार भदौ २८ गते सम्म लकडाउन गर्ने र दैनिक ६ घण्टा व्यापा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]