१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

अत्यावश्यक काममा बाहेक अटो रिक्सा चलाउन पाइन्न एसपी : चन्द

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

सागर थापा
दाङमा लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यात्रुबाहक सवारी साधन सन्चालनमा रोक लगाईएको छ । तर पनि सार्वजनिक सवारीको सुचीमा पर्ने अटो र ईलेक्ट्रिक रिक्साहरु भने सन्चालनमा भएको पाईन्छ ।हरेक दिन विहान ५ बजेदेखी दिउँसो १२ बजे सम्म बजार खुला भएसंगै अटो रिक्साहरु पनि बजार देखी गाउँ सम्म गुडिरहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले अत्यावश्यक काममा बाहेक अटो रिक्सा चलाउन नपाईने बताएका छन् ।जिल्लामा सार्वजनिक सवारी साधन सन्चालनमा रोक लगाईएको हुदा अटो,रिक्सा पनि सोहि अन्र्तगत पर्ने प्रहरी प्रमुख चन्दले बताएका छन् ।उनका अनुसार अटो रिक्सालाई बिरामी बोक्न, दाहसंस्कारमा जाने मानिसलाई बोक्न छुट दिईएको छ । त्यस बाहेक अन्य प्रयोजनका लागी यात्रुहरु ओसारपसार गर्न नपाईने एसपी चन्दले बताए ।उनले जिल्लामा निजि सवारी साधनलाई जोरबिजोर प्रणालीमा चल्न दिईएको बताउदै अन्य सवारी साधन चलाउन नपाईने बताएका छन् ।
लकडाउनलाई प्रभावकारी बनाउन आफुहरुले कडाईका साथ चेकजाँच गरेपनि अटो रिक्साले प्रहरीलाई झुक्याउदै चलाउने गरेको उनको भनाई छ । उनका अनुसार हाल अत्यवाश्यक सवारी साधन मात्रै चलाउन दिईएको छ । यस्तैगरी अनावशयक हिडडुल गर्ने मानिसहरुलाई पनि होल्डमा राख्ने गरिएको छ । जिल्लामा कोरोना भाईरस समुदाय स्तरमै फैलिन थालेपछि गएको भदौ १४ गते राती देखी २१ गते राती १२ बजे सम्म पुर्ण रुपमा लकडाउन गरिएको थियो ।त्यसपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको गएको आईतवार बसेको बैठकले लकडाउनलाई खुकुलो बनाउदै थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार भदौ २८ गते सम्म लकडाउन गर्ने र दैनिक ६ घण्टा व्यापा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् । सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र […]

बाँकेमा एकजना असइले तस्करसंग केटी मिलाई दे भनेको अडियो रेकर्ड एबिसी संचार भन्डाफोर टिमलाई प्राप्त..

चीन घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ । उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ। चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा  ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ। यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म दिनेछ। चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा […]

error: Content is protected !!