२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सल्यानमा नयाँ प्रहरी प्रमुखमा डिएसपी थापा

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

मनोज डागी सल्यानमा भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ कार्यालय प्रमुखको जिम्मेवारी समहालेका प्रहरी नायब उपरीक्षक थापाले न्याय सबैले पाउने बताए।
आइतबार जिल्ला स्थित पत्रकारहरुबिच जिल्ला प्रहरि कार्यालयमा भएको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै डिएसपी थापाले कसैको दबाब र प्रभावमा आएर आफुले काम नगर्ने बताएका छन। कानुन सबैलाई लाग्ने बताउदै उनले कानुनको पालना गर्न आग्रह गर्दै निस्पक्ष रुपमा काम गर्ने बताए। जिल्ला बासिको शान्ती सुरक्षाको लागि कुनै कसर बाकी नराख्ने उनले बताएका छन। सबैको सहयोगबाट समृद्ध समाज निर्माण हुने भन्दै सहयोगको आग्रह गरे। सत्य, सेवा र सुरक्षा प्रहरी संगठनको मुलमन्त्र भएको बताउदै उनले सत्यमा आधारित भएर छिटो छरितो सेवा प्रवाह गर्ने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती गराउने समेत बताएका छन।
कार्यक्रममा सल्यान जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था र कोभिड १९ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । उक्त कार्यक्रममा सल्यान जिल्ला स्थित विभिन्न १५ जना पत्रकारहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]