२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा २९ गतेदेखि लकडाउन खुकुलो बेलुकी ७ बजे पछी बजार बन्द हुने

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

सागर थापा
दाङमा समुदायस्तरमा कोरोना देखिएपछि गरिएको लकडाउन सोमबारदेखि खुल्ने भएको हो । कोभिड–१९ संकट व्यबस्थापन केन्द्र दाङको आईतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भदौ १४ गतेदेखि सुरु भएको लकडाउन दुइहप्ता चलेको थियो । सोमबारदेखि भने अर्को निर्णय नहुँदा सम्मकालागि बेलुका ७ बजेसम्म सबै व्यापार व्यबसाय सञ्चालन हुने, उद्योग, कलकारखाना र विकास निर्माण सम्बन्धी कार्य गर्दा कामदारहरु कार्यस्थल भन्दा बाहिर जान नपाईने, जिल्ला भित्र सञ्चाल हुने सबै किसिमका सवारी साधनहरु जोर/विजोर प्रणलीमा बेलुका ७ बजेसम्म सञ्चालन गर्ने, सबै सरकारी कार्यालयहरु र बैंक तथा वित्तिय संस्थाहरु सीमित कर्मचारीको व्यबस्था अनुसार सञ्चालन गर्ने निर्णय भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।