२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

अपहरणको नाटक गर्दै ठगी गर्ने महिला प्रहरीको खोरमा

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

महेन्द्र सिंह  बाँके                                                        बर्दिया जिल्ला घर भैहालनेपालगन्जउपमहानगरपालिका पुरैना बस्ने चौधरीले फेसबुक मा sumi dahit नाम राखी विभिन्न मोडेल केटिहरु को फोटो राख्दै आकर्षक एबम धनाढ्य पुरुषहरु लाई ब्लाकमेलिङ गरि पैसा असुल्ने र भाग्दै हिड्ने गरेको थाहा हुन आएको छ।पछिल्लो समय नवलपरासी घर भएको एकजना पुरुष फेसबुक कै फोटो देखेर आकर्षण भएको र आफुलाई बारंबार पोखरा जान को लागी आग्रह गर्दा आफु फेसबुक मा भएको फोटो को जस्तो बास्तबिक मान्छे र राम्री नभएको हुनाले निज पुरुषको आग्रह लाई टार्नको लागि आफु पोखरा आउदै गर्दा दाङको लमही बाट अपहरणमा परेको जानकारी ति पुरुष लाई गराई नाटक गरेको प्रहरी संग बताएकी छिन।
पछि निज पुरुषले प्रहरी महानिरीक्षक , पाच नंबर प्रदेशका प्रहरी नायब महानिरीक्षक र अपराध महाशाखा का प्रहरी बरिस्ठ उपरीक्षक लाई समेत फोन गरि केटि अपहरणमा परेको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बाके ले निकै गम्भीरतापुर्बक ल्याई तत्काल बाके प्रहरी प्रमुख ओम राना मगर को नेतृत्व मा प्रहरी नायब उपरीक्षक सुबास खड्का र वडा प्रहरी कार्यालय का प्रहरी निरीक्षक हरि बस्नेत को टोलिले खोजतलास को काम अगाडि बढाएको थियो। यसरि रातभर को खोजतलासको क्रममा बाकेको सम्शेरगन्ज सम्म पनि नभेटेपछि नेपालगन्ज उपमहानगरपालिका ९ पुरैनामा लुकेर बसेकी चौधरी लाई पक्राउ गरि वडा प्रहरी कार्यालय मा राखी आबस्यक अनुसन्धान अगाडी बढाईएको र आबस्यक कार्बाही का लागी जिल्ला प्रहरी कार्यालय मा पठाईएको प्रहरी निरीक्षक हरि बस्नेत ले जानकारी दिनु भयो।यसरी आफ्नो प्रोफाईल मा राम्री मोडेल केटि को फोटो प्रयोग गरि यसरी सयौं लाई रकम असुली ठगि धन्धा चलाउने चौधरी लाई बाके प्रहरी प्रमुख ओम राना मगर को सक्रियता मा पक्रन सफल भएको हो।
अहिले सामाजिक संजाल को गलत प्रयोग का कारण अपराध निकै बढेको र यस्को नियन्त्रण का लागी सजकता अपनाउनुपर्ने प्रमुख रानाले बताउनु भयो। आफु सजक नभएमा यस्तै गम्भीर अपराधी को जालमा पर्न सकिने भएको ले यस्तो प्रकारको ठगी बाट बच्न नागरिक समाज र समाज जागरुक हुनु पर्ने राना ले बताउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]