२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

अपहरणको नाटक गर्दै ठगी गर्ने महिला प्रहरीको खोरमा

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

महेन्द्र सिंह  बाँके                                                        बर्दिया जिल्ला घर भैहालनेपालगन्जउपमहानगरपालिका पुरैना बस्ने चौधरीले फेसबुक मा sumi dahit नाम राखी विभिन्न मोडेल केटिहरु को फोटो राख्दै आकर्षक एबम धनाढ्य पुरुषहरु लाई ब्लाकमेलिङ गरि पैसा असुल्ने र भाग्दै हिड्ने गरेको थाहा हुन आएको छ।पछिल्लो समय नवलपरासी घर भएको एकजना पुरुष फेसबुक कै फोटो देखेर आकर्षण भएको र आफुलाई बारंबार पोखरा जान को लागी आग्रह गर्दा आफु फेसबुक मा भएको फोटो को जस्तो बास्तबिक मान्छे र राम्री नभएको हुनाले निज पुरुषको आग्रह लाई टार्नको लागि आफु पोखरा आउदै गर्दा दाङको लमही बाट अपहरणमा परेको जानकारी ति पुरुष लाई गराई नाटक गरेको प्रहरी संग बताएकी छिन।
पछि निज पुरुषले प्रहरी महानिरीक्षक , पाच नंबर प्रदेशका प्रहरी नायब महानिरीक्षक र अपराध महाशाखा का प्रहरी बरिस्ठ उपरीक्षक लाई समेत फोन गरि केटि अपहरणमा परेको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बाके ले निकै गम्भीरतापुर्बक ल्याई तत्काल बाके प्रहरी प्रमुख ओम राना मगर को नेतृत्व मा प्रहरी नायब उपरीक्षक सुबास खड्का र वडा प्रहरी कार्यालय का प्रहरी निरीक्षक हरि बस्नेत को टोलिले खोजतलास को काम अगाडि बढाएको थियो। यसरि रातभर को खोजतलासको क्रममा बाकेको सम्शेरगन्ज सम्म पनि नभेटेपछि नेपालगन्ज उपमहानगरपालिका ९ पुरैनामा लुकेर बसेकी चौधरी लाई पक्राउ गरि वडा प्रहरी कार्यालय मा राखी आबस्यक अनुसन्धान अगाडी बढाईएको र आबस्यक कार्बाही का लागी जिल्ला प्रहरी कार्यालय मा पठाईएको प्रहरी निरीक्षक हरि बस्नेत ले जानकारी दिनु भयो।यसरी आफ्नो प्रोफाईल मा राम्री मोडेल केटि को फोटो प्रयोग गरि यसरी सयौं लाई रकम असुली ठगि धन्धा चलाउने चौधरी लाई बाके प्रहरी प्रमुख ओम राना मगर को सक्रियता मा पक्रन सफल भएको हो।
अहिले सामाजिक संजाल को गलत प्रयोग का कारण अपराध निकै बढेको र यस्को नियन्त्रण का लागी सजकता अपनाउनुपर्ने प्रमुख रानाले बताउनु भयो। आफु सजक नभएमा यस्तै गम्भीर अपराधी को जालमा पर्न सकिने भएको ले यस्तो प्रकारको ठगी बाट बच्न नागरिक समाज र समाज जागरुक हुनु पर्ने राना ले बताउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]