२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

नेपाल एयरलाइन्सको आन्तरिक हवाई सेवा सुरु ९ उडान सुरु

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

ABC Sanchar
काठमाडौं सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले आन्तरिक उडान सुरु गरेको छ।
नेपाल वायुसेवा निगमले बुधबार उडान तालिका सार्वजनिक गर्दै उडान सुरु हुने जानकारी गराएको हो।
उडानका दौरान नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिने भएको छ।
हाललाई ९ ठाउँमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको एयरलाइन्सले जनाएको छ। अब काठमाडौंबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म उडान हुने छ।
उडान र चापको अवस्थालाई ध्यानमा राखेर बार र तालिका सार्वजनिक गरिएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!