२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके प्रहरीले कोरेक्स तस्करी गर्ने दुईजना पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १८, २०७७

महेन्द्र सिंह बाँके                                                 ईलाका प्रहरी कार्यालय बनकट्टीले अवैध लागुऔषध कोरेक्स सहित २ जनालाई निण्नत्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार बेलुका डुडुवा गाँउपालिका ४ खालेमसाह स्थित ईलाका प्रहरी कार्यालय बनकट्टि (क) बाट खटिएको प्रहरी टोलिले लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो । लु. ६१ प ६७२७ नम्बरको मोटरसाईकल खानतलासी गर्दा युवाहरुले ल्याएको आलुको बोराभित्र २३ सि.सि. (प्रती सि.सी. १०० मि.लि.) कोरेक्स बरामद गरीएको प्रहरीले जनाएको छ । नेपालगंज उपमहानगरपालिका २० मनिकापुर बस्ने ईन्द्र देब खटिकले चलाएको मोटरसाईकलको पछाडि बसेका डुडुवा गाँउपालिका ५ जगदहवा का २७ वर्षिय कृष्ण सुनारले समातेको आलुको बोरा खोली हेर्दा उक्त परिमाणको आगुऔषध भेटिएको हो । मोटरसाईकल र युवाहरुलाई नियन्त्रणमा लिई आबस्यक अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]