२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

ठुलो मात्रामा लागुऔषध सहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

ABC Sanchar
सुनसरी ईनरुवा-३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी दुहबी-१०का २६ बर्षीय दिपक कुमार यादब र हरीनगर-६ का ३४ बर्षीय सहिद मिया रहेका छन । पक्राउ परेका दुबै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाई छिपाई राखिरहेको भन्ने सुचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो विहान ९ बजे नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात उनिहरुले लुकाउदै गरेको बोरा चेकजाँच गर्दा १४० बोतल DIALEX-DC, ३९६० क्याप्सुल SPASMO-PROXYVON plus र १३५० Nitra vet ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसै गरी सुनसरीकै कोशी गाँउपालिका-३ नहर चोकबाट २८ बर्षीय कमरुदिन मिया लागुऔषध सहित पक्राउ परेका छन । विशेष सुराकका आधारमा उनलाई हिजो साढे १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मियालाइ पक्राउ गरिएसंगै उनले बोकेको झोला खोलेर चेकजाँच गर्दा ४५ बोतल DIALEX-DC र ३२८ क्याप्सुल SPASMO-PROXYVON plus फेला बारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

बाँके । राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको छ। टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहको छ । खत्रीको […]

  काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले न्यायालयलाई कसरी विश्वास गरौँ भन्दै प्रश्न गरेकी हुन्। ‘सम्माननीय प्रधान न्यायाधीश ज्यू, अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाऊँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले […]

error: Content is protected !!