२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गएराति तुलसीपुरमा खुकुरी प्रहार गर्ने ३ जना युवाहरु पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

तेज वली
दाङको तुल्सीपुरमा खुकुरी प्रहार गरी फरार रहेका तिन जनालाई प्रहरीले १९ गते साेमबार बिहान ३ बजेको समयमा जिल्ला दाङ तुलसलीपुर उप-महानगरपालीका वडा नं.६ स्थित लुकी छिपी बसेको अवस्थामा फेला पारेकाे हाे ।
पक्राउ पर्नेमा जिल्ला दाङ तुलसीपुर उप-महानगरपालीका वडा नं.६ भीआईपी टोल बस्ने बर्ष १९ को शिव प्रसाद चौधरी ,ऐ.ऐ.बस्ने बर्ष १६ को दिपेश चौधरी, ऐ.ऐ.बस्ने बर्ष १७ को संदिप सुनार रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । उनीहरुबाट वारदात घटनामा प्रयोग भएको १ थान खुकुरी समेत प्रहरीले वरामद गरेकाे छ । घटनामा संल्गन रहेका तिनै जनालाई प्रहरी हिरासतमा राखी निज प्रतिवादीहरु उपर आवश्यक अनुसन्धान भई रहेको र घाईतेको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!