२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

ईलाका प्रहरी गढवामा नयाँ प्रहरी प्रमुखमा भट्ट नागरिकको सुरक्षा पहिलो प्राथमिकता

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

ABC Sanchar
दाङ ईलाका प्रहरी कार्यालय गढवामा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख राज कुमार भट्टले गढवा क्षेत्रमा शान्ती सुरक्षाको अनुभूति दिलाउने बताएका छन् ।
देउखुरीका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै उनले यसक्षत्रका जनतालाई शान्ती सुरक्षा प्रदान गर्ने सवालमा कानुन मिच्ने कसैलाई नछाड्ने बताए ।
कानुन मिचेर शान्ति सुरक्षा खलबलाउने, अपराधीक क्रियाकलाप गर्ने जो कोहीलाई नछोड्ने प्रहरी निरिक्षक भट्टको अडान छ । जुवा तास, लैङ्गिक हिँसा, लागुपदार्थ अोसार पसार तथा सेवन, राप्तीमा तस्करी लगायत कानुनको बन्देज परिधि क्षत्रमा सँलग्न जो कोहि लाईपनि कानुनको कढ्घरामा उभाएर निश्पक्षका साथ अनैतिक कार्य निर्मुलका लागि आफ्नो सधै प्रयास रहने बताए ।
यसक्षत्रको शान्ती सुरक्षाका निम्ति नागरिक पनि उत्तिकै जिम्वेवार रहेका कारण सुचना दिएर सहयोग गर्नुहुन उनले सम्पुर्णमा अनुरोध गरेका छन् । उनले चाडबाड नजिकिदै गर्दा हिँसा, लुटपाट हुने भएकाले बढि निगरानी गर्ने जनाए । गढवा क्षत्र ढुङ्गा, गिट्टि, बालुवा, काठ, अफिम् लगायतका क्षत्रमा बढी तस्कर हुने रुपमा चिनिन्छ । तस्करी निर्मुलका लागि सधै लागीपर्ने र यस बिषयमा पालिका सँग तत्काल बुझ्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!