२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रदेश हाक्दै DIG पन्त र धानुक यस्तो छ ट्रयाक रेकर्डहरु

Logo
प्रकाशित बुधबार, आश्विन २१, २०७७

सागर थापा दाङ                                                     देश संघीयतामा गएपछि नेपाल प्रहरीले पनि त्यहीँ अनुसारको संगठन पुर्नसंरचना गर्दै आएको छ। यसअघि अञ्चल प्रहरी प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बस्दै आएको थियो। संघीयतामा गएपछि अञ्चल हटेर प्रदेशमा रुपान्तरण भएको छ। प्रदेश भएयता भने प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रमुख रहने व्यवस्था भएको हो।
हाल सातवटै प्रदेशमा प्रहरी प्रमुख डीआईजी छन्। त्यसमध्ये कर्णाली प्रदेश प्रहरी प्रमुख र लुम्बिनी प्रदेश प्रमुखमा सुदूरपश्चिम प्रदेशकै दुई जना डीआईजी कार्यरत छन्। सुदूरपश्चिम प्रदेशको बैतडीका रविन्द्र धानुक लुम्बिनी प्रहरी प्रमुख हुन भने डडेल्धुराका वशन्त पन्त कर्णाली प्रदेश प्रमुख हुन्। उनीहरु दुबै जनाले एकै साथ १० बैशाखमा प्रदेश प्रमुखको जिम्मा पाएका थिए।
यस्तो छ धानुक र पन्तको ट्रयाक रेकर्ड
चैत २०४९ सालबाट प्रहरी निरीक्षकमा सेवा सुरु गरेका धानुकले प्रहरी निरीक्षक देखि एसएसपी हँुदासम्म विभिन्न ठाँउको प्रहरी प्रमुख भएर काम गरेका छन्। यसअघि एसएसपी हुँदा धानुकले सुरक्षाका हिसाबले सबैभन्दा चुनौतिपूर्ण मानिने काठमाडौं र ललितपुर जिल्लाको कमान्ड सम्हालिसकेका छन्।
उपत्यकाकै दुई जिल्ला ललितपुर र काठमाडौंको कमान्ड सम्हाल्ने प्रहरीका थोरै एसएसपी मध्येका एक हुन् धानुक। दुबै जिल्लाको शान्ति सुरक्षा मजबुत बनाएको भन्दै त्यो बेला धानुकले प्रशंसा पाएका थिए। हाल लुम्बिनी प्रदेशको शान्ति सुरक्षामासमेत उनले उलेख्य सुधारका काम गरेका छन्।
अवैध क्रसर उद्योगदेखि भारतीय सीमा क्षेत्रबाट हुने चोरी निकासी रोकथाममा धानुक निर्ममतापूर्वक लागेका छन्। ६ महिनामै धानुकले लुम्बिनी प्रदेशमा शान्ति सुरक्षा मजवुद बनाउन सफल भएको भन्दै नागरिकबाट प्रशंसा पाएका छन्। तस्करहरुसँग मिलोमतो गरेर आर्थिक लाभ लिन खोज्ने प्रहरीलाई कारबाही समेत गर्दै आएका छन्। व्यवसायीक र कमान्ड क्षमता भएका धानुक हालका आइजीपी शैलेश थापा क्षेत्री पछि हुने आईजीपीका दाबेदार समेत हुन्।
यसरीनै पन्त धानुकभन्दा एक ब्याच सिनियर हुन्। डीआईजी बढुवा भने उनीहरु सँगै भएका थिए। बैशाख २०४९ देखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका पन्तले पनि यसअघि विभिन्न जिल्ला प्रमुख भएर काम गरेका छन्।
एसपी हुँदा बाँके र एससएपीमा उनले महानगरीय ट्राफिक प्रहरी प्रमुख भएर काम गरेका थिए। आफ्ना व्याचमा व्यवसायीक अधिकारी हुँदा हुँदैपनि उनी एसपीबाट एसएसपी बढुवामा पछि पारिएका थिए। ट्राफिक प्रमुखको रुपमा पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनमा उलेख्य सुधार गरेका थिए। कर्णाली प्रदेश प्रमुखको रुपमा पनि कर्णालीको शान्ति सुरक्षामा उलेख्य सुधार गरेका छन्।
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको आधार इलाका कर्णालीमा हालसम्म कुनै अप्रिय घटना हुन दिएका छैनन्। रुकुमको सोती घटनाका एकै गाँउका ३१ जनालाइ पक्राउ गरेर कानूनी दायरामा ल्याएको प्रशंसा पन्तलाई छ। जातीयताको नाममा जाजरकोटका नवराज विकसहित ६ जनालाई सोतीबासीले नदीमा लखेटेर हत्या गरेका थिए।
प्रहरी संगठनमा सुदूरपश्चिम प्रदेशको ठूलो योगदान छ। हालसम्म सुदूरपश्चिम प्रदेशबाट स्वर्गीय हेमबहादुर सिंहसहित मोतिलाल बोहरा र रमेशचन्द ठकुरी आईजीपी भएसकेका छन्। हालका एआईजी हरिबहादुर पाल पनि सुदूरपश्चिम दार्चुलाका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।