२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

स्वास्थ्य मापदण्ड पालना नहुँदा पुनः लकडाउन लगाउने सरकारको चेतावनी

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

ABC Sancharc
काठमाडौं सरकारले नागरिकस्तरबाट स्वास्थ्यका मापदण्डको उल्लङ्घन हुनेक्रम बढेकोमा चिन्ता व्यक्त गर्दै फेरि लकडाउन अर्थात् बन्दाबन्दीको हुनसक्ने सङ्केत गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नागरिकले उच्च सतर्कताकासाथ कोरोना विरुद्धका नियमहरू पालना गरे भयावह अवस्था नआउने बताउनुभयो ।
उहाँले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो । मन्त्री ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको बताउनुभयो । कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय भए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीको भनाइ छ ।
६० प्रतिशत सङ्क्रमित काठमाडौंमै रहेका र विशेष स्याहार चाहिने अवस्थाका सङ्क्रमित पनि यहीँ बढी भएकाले हालको स्वास्थ्य सामथ्र्यले धान्न नसक्ने उहाँले जानकारी दिनुभयो । कोरोना महामारीलाई हल्का ढंगले नलिन पनि मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।
नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण गरिएकोमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । हिजो मात्रै २८ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]