२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

६५ औ प्रहरी दिवसको अवसरमा दाङका पत्रकार शितल सम्मानित

Logo
प्रकाशित शुक्रबार, आश्विन ३०, २०७७

सागर थापा
दाङ ६५ औं प्रहरी दिवसका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष समेत रहेका उनलाई ‘समुदाय र प्रहरी साझेदारी’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनकालागी सहयोग पु¥याएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कदरपत्रले सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले खादा ओढाएर कदर–पत्र प्रदान गरेका थिए । त्यस अवसरमा प्रहरी प्रमुख चन्दले नेपाल प्रहरीमा रहेर शान्ति सुरक्षासँगै नेपाल प्रहरीको गौरव बढाउन सहयोग गर्ने पूर्व प्रहरीका तर्फबाट ज्येष्ठ सदस्य प्रहरी नायव निरिक्षक ९४ वर्षीय तेजबहादुर थापालाई समेत सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख चन्दले जिल्लामा शान्ति सुरक्षालाई मजबुत बढाउदै नेपाल प्रहरीको गौरवमयी इतिहासलाई उच्च बनाउनका लागि प्रहरीसधै लागि पर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]