सागर थापा
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ तारापुञ्ज टोलमा चितुुवाको छालाको कारोवार गरिरहेको अबस्थामा घोराहाी ५ धर्ना निवासी ५० बर्षीय इन्द्रबहादुर घर्तीलाई पक्राउ गरिएको हो ।
शुक्रबार साँझ साढे ८ बजेतिर उनलाई टाउकोदेखि पुच्छरसम्मको ७ फिट ८ इञ्चको चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
पक्राउ परेका उनलाई प्रारम्भीक अनुसन्धान गरि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कानुनी कारवाहीकोलागि जिल्ला बन कार्यालय दाङमा पठाईएको डिएसपी खडकाले जानकारी दिए ।