२६ कार्तिक २०८३, बिहिबार
12-11-2026 , Thu
×

इन्धनमा मिसावट गरेपछि पम्प सिल

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

ABC Sanchar
पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर राणा नेतृत्वको अनुगमन टोलीले मङ्गलबार पेट्रोलको नमूना सङ्कलन गरेको थियो । सङ्कलित नमूना नेपाल आयल निगमको काठमाडौंस्थित प्रयोगशालामा पठाउन निगमको प्रदेश कार्यालय सुर्खेतको जिम्मा लगाइएको छ । प्रशासकीय अधिकृत राणाले अर्को आदेश नहुञ्जेलका लागि उक्त आयल स्टोर्स बन्द गरिएको जानकारी दिनुभयो ।
अनुगमन टोली समक्ष पम्प सञ्चालक डम्मर महताराले डिजल ट्यांकरबाट तेल खन्याउँदा डिजेलको टंकीमा राख्नुपर्नेमा भुलवश पेट्रोलको टंकीमा मिसिन पुगेको बताउनुभयो । मिसावटयुक्त पेट्रोल नबेच्न आफ्ना कर्मचारीलाई निर्देशन दिइए पनि नयाँ कर्मचारीले केही उपभोक्तालाई पेट्रोल बेचेको उहाँको भनाइ छ । बिक्रेताले इन्धनमा मिसावट गरेको रिपोर्ट प्रमाणित भएमा पहिलो पटकका हकमा रु एक लाख जरिवानासहित एक महिनासम्म पेट्रोल पम्प बन्द गरिने कानूनी प्रावधान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  झापा । शिवसताक्षी नगरपालिका-११ स्थित चुरे पहाडको फेदीमा रहेको झरना खोलाको खोल्सीमा १२ फिट लामो अजिङ्गरले बाख्रा निलेको अवस्थामा फेला परेको छ। करिब २० किलो तौलको बाख्रा निलेको अवस्थामा अजिङ्गर भेटिएको हो। खोल्सीमा बाख्रा निलेपछि अजिङ्गर देखिएको स्थानीयले बताएका छन्। बाख्रा निलेर फुलेको पेटसहित अजिङ्गर खोल्सीमै रहेको देखेपछि हेर्नका लागि स्थानीयको भीड लागेको थियो।

  बाँके । नेपालगञ्ज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा राष्ट्रिय जनमत पार्टी नेपालगञ्जका नेता इरफान अहमद शेषले भाइटीका मनाउनु भएको छ। उहाँले टीका थाप्दै पर्वलाई खुशीका साथ बिदाई गर्नुभयो। यस अवसरमा उहाँले राष्ट्रिय जनमत पार्टीको तर्फबाट सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। साथै टीका लगाइदिनुहुने प्रिय दिदीलाई उहाँले हार्दिक धन्यवाद […]

  काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुधबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको सेवाबाट काठमाडौं रिङरोड क्षेत्रमा १ हजार ७६६ र […]