०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

कैलालीमा प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

ABC क्राईमबिट
अछाम कैलालीको धनगढी नगरपालिकामा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउँदको अछाममा सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
प्रहरी जवान साउँदको अछामको कैलाश खोलामा उच्चसम्मानसहित हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।
दिवंगत प्रहरी जवान साउँदको पार्थिव शरीरमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले नेपाल प्रहरीको झण्डा ओढाएका थिए ।
यस्तै, अछाम प्रहरीका सहायक निरीक्षक (असई) रमेश भट्टको टोलीले साउँदलाई शोक सलामी दिएको थियो ।
प्रहरी जवान साउँदलाई उनका भाइले दागबत्ती दिएका जनाइएको छ ।
अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका घर भएका साउँद कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए ।
सीमा क्षेत्रमा भाइरहेको तस्करी रोक्न अस्थायी प्रहरी पोस्टका इञ्चार्ज (असई) गोविन्द विकसँगै साउँद शनिबार राति गस्तीमा गएका थिए । गस्तीमा गएका असई विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मोहना नदीमा फेला परेको थियो ।
साउँदको भने मंगलबार बिहान मोहना नदीमै गाडिएको अवस्थामा शव फेला परेको थियो ।
नेपालबाट भारततर्फ भइरहेको केराउको तस्करी रोक्दा प्रहरी जवान साउँदसहित असई विकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले साउँद र विकको हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । प्रहरीले हत्या आरोपमा थप १ जनालाई समेत पक्राउ गरेको छ ।
तस्करको समूहबाट हत्या गरिएका प्रहरी जवान साउँदका श्रीमती र २ छोरी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]