२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

यसपालि दाङका कैदीबन्दीलाई आफन्तबाट दशैमा टीका लाउन रोक

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

सागर थापा
दाङ कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार दाङले कैदीबन्दीलाई आफन्तबाट दसैंको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन वञ्चित गरिएको हो ।
बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको घोराही कारागार प्रमुख विष्णु प्रसाद पाण्डेले जानकारी दिएका छन ।कारागारका कैदीबन्दीले आ आफैं टीका लगाएर दसैं मनाउने तयारी गरेका छन । कैदीबन्दीले दसैं मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्न भनेर कोष बनाएका छन ।
कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गर्ने तयारी रहेको जनाइएको छ । केही कैदीबन्दीले दसैंको पूर्वसन्ध्यामा मुढा बिक्री भएको रकम परिवारलाई पठाएका छन । कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ । गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द रहेको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।