०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

झापाको सामुदायिक वनभित्र मृत हात्ती फेला

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

बिबेक गाहा
उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा मृत हात्ती फेला परेको छ । स्थानीयवासीले आज अपराह्न मरेको हात्ती देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए ।
मृत हात्ती गाड्नका लागि पशु चिकित्सकसहितको टोली घटनास्थलमा पठाइएको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
गत असोज २२ गते सोही जंगल क्षेत्रमा आँखा फुटेको सोही हात्तीलाई पशु चिकित्सकको टोलीले बेहोश बनाएर उपचार गरेको थियो ।
स्थानीयवासीले तीखो भाला रोपेर शरीरका विभिन्न अंगमा गहिरो चोट पुर्याएको उक्त हात्ती बचाउन त्यसबेला चितवनबाट पशु चिकित्सक टोली झापा आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]