०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

नेपालगञ्जमा सडेगलेको शब फेला

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

महेन्द्र सिंह                                                    नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ लक्दहवास्थित फौजदार वर्माको बारीमा रहेको पोखरीको बीचमा पुरुष जस्तो देखिने अपरिचित व्यक्तिको शव सडेगलेको अवस्थामा फेला पारेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक हृदेश कुमार सापकोटाको कमाण्डमा गएको प्रहरी टोलीले शव सडेर गलेको अवस्थामा कंकाल मात्र रहेको, टाउको नभएको, कपालको केही भाग मात्र रहेको, खुट्टा गोलीगाँठा भन्दा माथिको भाग मात्र रहेको, अन्य शरीर पूरै सडेगलेको, पोष्टमार्टम समेत गर्न नमिल्ने क्षत्विक्षत अवस्थामा रहेको शरीरको बचेको बाँकि भागलाई पोखरीबाट बाहिर निकाली मुचुल्का बनाई पोखरीको छेउँमा गाडेको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

error: Content is protected !!