०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

अपराधमुक्त समाज निर्माणका लागि नागरिकको सहयोग प्रहरीलाई चाहिन्छ:

Logo
प्रकाशित बुधबार, कार्तिक १९, २०७७

(सागर थापा)                                                       दाङ ईलाका प्रहरी कार्यालय भालुवाङमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।मंगलबार ईलाका प्रहरी कार्यालय भालुवाङमा (एबिसी संचार) र (खबर 24 नेपाल) संग कुराकानी गर्दै प्रहरी निरीक्षक भट्टले भने यो प्रहरी संगठन नागरिकहरुको सुरक्षाको लागि हो यसलाई मलजल गर्नुस् हामी सबैको सुरक्षामा लाग्छौं र तपाईंहरुको सेवामा लागिरहन्छौँ।
उनले नागरिकको सहयोग विना प्रहरीले मात्र केही गर्न नसक्ने बताउँदै अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।’गलत क्रियाकलाप गर्ने समूह÷व्यक्तिको सूचना दिएमा हामीले समाजलाई शान्त राख्न सक्छौँ उनले भने जबसम्म नागरिकहरुको सहयोग प्रहरीले पाउँदैनौं तबसम्म अपराध अनुसन्धानमा सफल भइदैन।
उनले नागरिकलाई पीडा दिने क्रियाकलाप भएमा आफूहरु नागरिकको प्रहरी हुन नसक्ने भन्दै आचरण व्यवहारमा थप सुधार ल्याउन आफू मातहतका कर्मचारीलाई निर्देशन दिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

error: Content is protected !!