२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अपराधमुक्त समाज निर्माणका लागि नागरिकको सहयोग प्रहरीलाई चाहिन्छ:

Logo
प्रकाशित बुधबार, कार्तिक १९, २०७७

(सागर थापा)                                                       दाङ ईलाका प्रहरी कार्यालय भालुवाङमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।मंगलबार ईलाका प्रहरी कार्यालय भालुवाङमा (एबिसी संचार) र (खबर 24 नेपाल) संग कुराकानी गर्दै प्रहरी निरीक्षक भट्टले भने यो प्रहरी संगठन नागरिकहरुको सुरक्षाको लागि हो यसलाई मलजल गर्नुस् हामी सबैको सुरक्षामा लाग्छौं र तपाईंहरुको सेवामा लागिरहन्छौँ।
उनले नागरिकको सहयोग विना प्रहरीले मात्र केही गर्न नसक्ने बताउँदै अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।’गलत क्रियाकलाप गर्ने समूह÷व्यक्तिको सूचना दिएमा हामीले समाजलाई शान्त राख्न सक्छौँ उनले भने जबसम्म नागरिकहरुको सहयोग प्रहरीले पाउँदैनौं तबसम्म अपराध अनुसन्धानमा सफल भइदैन।
उनले नागरिकलाई पीडा दिने क्रियाकलाप भएमा आफूहरु नागरिकको प्रहरी हुन नसक्ने भन्दै आचरण व्यवहारमा थप सुधार ल्याउन आफू मातहतका कर्मचारीलाई निर्देशन दिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]