१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

निशुल्क आँखा शिवीर सम्पन्न

Logo
प्रकाशित शनिबार, जेठ ०५, २०७५

रमेश गिरी,५ जेठ
प्युठान नगरपालिका तथा नेत्र ज्याेति संघ प्रस्ताविक नरेन्द्र गायत्री अाँखा अस्पताल प्युठानकाेे सहयाेगमा अाज प्युठान नगरपालिका वडा न. ९ मरन्ठानामा नि: शुल्क अाँखा शिविर सम्पन्न भएकाे छ । शिविरको उदघाटन गर्दै प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतीले प्युठान नगरपालिका भित्र रहेका सम्पुर्ण नगरवासीलाई नि:शुल्क अाँखा परिक्षण गरि माेतिया विन्दुका अाँखा राेगिलाई नि: शुल्क अप्रेशन , नि:शुल्क अाैषधी तथा चश्मा वितरण गर्ने गरि अभियान सञ्चालन गरिएकाे वताउनु भयाे , प्युठान नगरपालिका का सबै वडामा अाँखा शिविर संचालन गर्ने उद्धेश्य रहेकाे वताउनुभयाे । बृद्ध बृद्धाहरूकाे सेवा र सुबिधा बढाउने काममा नगरपालिका सधै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे । १ सय २ जना वृदकाे अाँखा परिक्षण गरिएकाेमा ६८ महिला ३७ पुरूषकाे मध्ये १० जना पुरूष र ५ जना महिला गरि १५ जनलाई माेतिबिन्दु भएकाे थियाे ५जना विरामीलाई चश्मा वितरण गरियाे भने बाँकि अाँखा राेगिहरूलाई राेगकाे प्रकृतिका अाधारमा अाैषधि वितरण गरिएकाे डा: सुजता भण्डारीले बताउनु भयाे । उक्त अाँखा शिविर कार्यक्रममा प्युठान नगरपालिका वडा.न. ४ का वडा अध्यक्ष लक्ष्मी प्रसाद राजभण्डारीले शिविरकाे सफलताकाे शुभ: कामना मन्तव्य राख्नु भएकाे थियाे ।
वडा सचिव ध्रुर्व जिसीले कार्यक्रमकाे सञ्चालन गर्नु भएकाे गरेकाे थियाे । बाल विद्या मा विका जु.रे.श .का छात्रछात्राले शिविरलाई व्यवस्थाीत गराउने काममा सहयाेग गरेका थिए भने स्वास्था चाैकि,प्रहरी चाैकि का साधै नगरपलिकाका वडा न. ९ का कर्मचारीहरूकाे पनि शिविरमा उपस्थिति थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]

दाङ । असोज । घोराही उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मलाई समेटेर “घोराही बनाऔँ अभियान”ले विशेष अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत असोजको अन्तिम साताबाट वडा नम्बर १ मा कार्यक्रमको उद्घाटन गरी क्रमशः सबै वडामा पुगेर स्थानीय समस्या, सम्भावना, आवश्यकता र महत्वका विषयमा विशेष छलफल गरिने भएको हो। अभियानले प्रत्येक वडाको वस्तुस्थिति पहिचान गरी […]