१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

निशुल्क आँखा शिवीर सम्पन्न

Logo
प्रकाशित शनिबार, जेठ ०५, २०७५

रमेश गिरी,५ जेठ
प्युठान नगरपालिका तथा नेत्र ज्याेति संघ प्रस्ताविक नरेन्द्र गायत्री अाँखा अस्पताल प्युठानकाेे सहयाेगमा अाज प्युठान नगरपालिका वडा न. ९ मरन्ठानामा नि: शुल्क अाँखा शिविर सम्पन्न भएकाे छ । शिविरको उदघाटन गर्दै प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतीले प्युठान नगरपालिका भित्र रहेका सम्पुर्ण नगरवासीलाई नि:शुल्क अाँखा परिक्षण गरि माेतिया विन्दुका अाँखा राेगिलाई नि: शुल्क अप्रेशन , नि:शुल्क अाैषधी तथा चश्मा वितरण गर्ने गरि अभियान सञ्चालन गरिएकाे वताउनु भयाे , प्युठान नगरपालिका का सबै वडामा अाँखा शिविर संचालन गर्ने उद्धेश्य रहेकाे वताउनुभयाे । बृद्ध बृद्धाहरूकाे सेवा र सुबिधा बढाउने काममा नगरपालिका सधै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे । १ सय २ जना वृदकाे अाँखा परिक्षण गरिएकाेमा ६८ महिला ३७ पुरूषकाे मध्ये १० जना पुरूष र ५ जना महिला गरि १५ जनलाई माेतिबिन्दु भएकाे थियाे ५जना विरामीलाई चश्मा वितरण गरियाे भने बाँकि अाँखा राेगिहरूलाई राेगकाे प्रकृतिका अाधारमा अाैषधि वितरण गरिएकाे डा: सुजता भण्डारीले बताउनु भयाे । उक्त अाँखा शिविर कार्यक्रममा प्युठान नगरपालिका वडा.न. ४ का वडा अध्यक्ष लक्ष्मी प्रसाद राजभण्डारीले शिविरकाे सफलताकाे शुभ: कामना मन्तव्य राख्नु भएकाे थियाे ।
वडा सचिव ध्रुर्व जिसीले कार्यक्रमकाे सञ्चालन गर्नु भएकाे गरेकाे थियाे । बाल विद्या मा विका जु.रे.श .का छात्रछात्राले शिविरलाई व्यवस्थाीत गराउने काममा सहयाेग गरेका थिए भने स्वास्था चाैकि,प्रहरी चाैकि का साधै नगरपलिकाका वडा न. ९ का कर्मचारीहरूकाे पनि शिविरमा उपस्थिति थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेश पत्रमा फोटो […]

अहिले मोटोपनको कारण विश्वमा भयावह स्थिति सिर्जना भएको छ । सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ । मोटोपनका कारण शरीरमा अन्य धेरै नसर्ने दीर्घकालीन रोगहरू ह्दयाघात, पक्षघात, मधुमेह, उच्च रक्तचाप, […]

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो। आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त […]

error: Content is protected !!