०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

जाडोमा मुटुरोगले सताउछ यस्तो छ डाक्टरको सुझाव

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

(ABC Sanchar)
डा. प्रकाशराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ रगतमा धेरै मात्रामा कोलेस्टेरोेल भएमा हृदयाघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयाघात हुने सम्भावनालाई कम गर्न सकिन्छ ।
कोलेस्टेरोेल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो, जुन शरीरका लागि अत्यावश्यक हुन्छ तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुनसक्छ ।
यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ । मासु, दूधबाट बनेका पदार्थ तथा अण्डाको पहँेलो भाग यसका प्रमुख स्रोत हुन् ।
कोलेस्टेरोेल तथा अन्य चिल्लो पदार्थ मुटु र दिमागमा रक्तप्रवाह गर्ने रक्तनलीहरूमा जम्न गई रक्तनलीहरू साँघुुरिन सक्छन् ।
यस प्रक्रियालाई एथेरोस्क्लेरोसिस भनिन्छ । यो प्रक्रिया बढ्दै गएमा रक्तनलीहरूको रक्तप्रवाहमा गतिरोध उत्पन्न भई हृदयाघात, मस्तिष्कघात हुन जान्छ ।
कोलेस्टेरोेल तथा अन्य चिल्ला पदार्थ रगतबाट कोषहरूमा र कोषहरूबाट रगतमा विशेष प्रकारका भरिया (तìव)द्वारा बोकिने गर्छन् । यी भरियालाई लिपोप्रोटिन भनिन्छ ।
लिपोप्रोटिनहरू हाम्रो शरीरमा धेरै प्रकारका छन् तर हामीले सधैँ सुन्ने गरेका लिपोप्रोटिन मुख्यतया एलडिएल (LDL) र एचडीएल (HDL) हुन् । यी दुवै लिपोप्रोटिन कोलेस्टेरोल बोक्ने भरिया हुन् ।
असल र खराब कोलेस्टेरोेल
एलडीएलले रगतबाट कोलेस्टेरोेल र अन्य चिल्लो पदार्थ बोकेर रक्तनलीमा पु¥याई जम्मा गरिदिन्छ । यसका कारण रक्तनली साँघुुरिन पुग्छ अनि हृदयाघात र मस्तिष्कघातको सम्भावना बढ्छ । यसैले एलडीएल कोलेस्टेरोललाई खराब कोलेस्टेरोेल भनिन्छ ।
एचडीएलले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोेललाई रगतमा फिर्ता ल्याई कलेजोमा पु¥याउँछ ।
यसले रक्तनलीमा जमेको कोलेस्टेरोेललाई घटाएर रक्तनली सफा गर्छ भन्ने विश्वास गरिन्छ । यस कारण एचडीएलले बोकेको कोलेस्टेरोेललाई असल कोलेस्टेरोेल भनिएको हो ।
एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएमा हृदयाघात र मस्तिष्कघातको सम्भावना कम रहन्छ । यसको मात्रा कम भएमा हृदयाघात र मस्तिष्कघातको सम्भावना बढ्छ ।
डा. प्रकाशराज रेग्मी
कोलेस्टेरोेल घटाउँदा हृदयाघातको खतरा घट्छ
विभिन्न अध्ययन÷अनुसन्धानबाट रक्त कोलेस्टेरोलको मात्रा घट्दा हृदयाघातको खतरा घट्ने प्रमाणित भइसकेको छ । रक्त कोलेस्टेरोललाई राम्रैसँग घटाउन सकेको खण्डमा एथेरोस्क्लेरोसिस पनि घट्छ र साँघुरिएको रक्तनली फेरि खुल्न सक्छ ।
साधारणतया रक्त कोलेस्टेरोल एक प्रतिशत घटाउन सकेमा हृदयाघातको खतरा दुई प्रतिशतले घट्छ । रक्त कोलेस्टेरोल २५० मिलिग्रामबाट २०० मिलिग्राममा घटाउँदा हृदयाघातको खतरा ४० प्रतिशतले घट्न पुग्छ ।
कोलेस्टेरोेल नाप्ने गरौैँ
प्रत्येक व्यक्तिले २० वर्षको उमेर नाघेपछि रक्त कोलेस्टेरोेलको परीक्षण गराउनु उपयुक्त हुन्छ । यो विशेष परीक्षण हो । यसको नतिजा चिकित्सकलाई देखाउनुपर्छ ।
एचडीएल कोलेस्टेरोलको पनि जाँच गर्नु अत्यावश्यक हुन्छ । किनकि यो कम भएमा खतरा बढ्छ । त्यस्तै एलडीएल कोलेस्टेरोल बढी भएमा पनि खतरा हुन्छ । रगतमा भएको चिल्लो पदार्थको मात्रा थाहा पाउन लिपिड प्रोफाइल जाँच्नुपर्छ ।
लिपिड प्रोफाइलको परीक्षण सही प्रकारले गनु‘ अलि कठिन कार्य हो । यसकारण जुनसुकै प्रयोगशालामा यसको परीक्षण नगर्नु नै उपयुक्त हुन्छ । चिकित्सकले जहाँ परीक्षण गराउनका लागि सिफारिस गरेका छन् त्यही प्रयोगशालामा परीक्षण गराउनु पर्दछ । गल्ली–गल्लीमा खुलेका सबै प्रयोगशाला भरपर्दा हुँदैनन् ।
कोलेस्टेरोल घटाउन आहारामा परिवर्तन गर्नु महìवपूर्ण कदम हो । कम कोलेस्टेरोलयुक्त खाद्यपदार्थको प्रयोग र चिल्लो पदार्थमध्ये अनस्याचुरेटेड फ्याट्स प्रयोग गर्नु आहार परिवर्तनको विशेषता हुन्छ ।
यस सम्बन्धमा अमेरिकन हार्ट एसोसिएसनले दैनिक आहारमा उपयोग हुने क्यालोरीको ३० प्रतिशतसम्म मात्र चिल्लो पदार्थ प्रयोग गर्ने, सम्पूर्ण क्यालोरीको १० प्रतिशतभन्दा कम मात्र स्याचुरेटेड फ्याटबाट लिने, सम्पूर्ण क्यालोरीको १० प्रतिशतसम्म मात्र पोलिस्याचुरेटेड फ्याटबाट लिने र दैनिक तीन मिलिग्रामभन्दा कम कोलेस्टेरोलयुक्त आहार लिने सिफारिस गरेको छ ।
चिल्लाे पदार्थ
स्याचुरेटेड फ्याट कोठाको तापक्रममा कडा हुन्छ । यो मासु, बटर, मख्खन, नरिवल, पाम तेलमा अत्यधिक पाइन्छ । यसको प्रयोगले रक्त कोलेस्टेरोल बढ्छ ।
पोली स्याचुरेटेड फ्याट कोठाको तापक्रममा तरल नै रहन्छ । यो सूर्यमुखी, मकै, भटमास, तोरी आदिको तेलमा अत्यधिक पाइन्छ । यसको प्रयोगले रक्त कोलेस्टेरोल त्यति धेरै मात्रामा बढ्दैन ।
मोनो अनस्याचुरेटेड फ्याट बदाम, ओलिभ र एभोकाडोका तेलमा अत्यधिक पाइन्छ । यसको प्रयोगले रक्त कोलेस्टेरोल त्यति धेरै मात्रामा बढ्दैन । स्याचुरेटेड फ्याटको सट्टा आहारामा पोली र मोनोअनस्याचुरेटेड फ्याट प्रयोग गर्नुपर्छ । करिब ३० मिलिलिटर (पाँच–छ चिया चम्चा)सम्म तेल र चिल्लो पदार्थ दैनिक आहारमा लिन सकिन्छ ।
रक्त कोलेस्टेरोल बढ्दा कस्तो खाना खाने ?
रक्त कोलेस्टेरोल बढेको बेला शाकाहारी खाना प्रयोग गर्न सके सबैभन्दा उत्तम हुन्छ । किनभने शाकाहारी खानामा रक्त कोलेस्टेरोल कम हुन्छ । अत्यधिक कोलेस्टेरोल र स्याचुरेटेड भएका खाद्यपदार्थ जस्तै मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री पहँेलो भाग, दूध, घ्यु, मख्खन आदि अत्यन्त कम मात्रामा प्रयोग गर्नुपर्छ । माछा, कुखुरा र लौकाटको मासुमा कम बोसो हुने हुनाले यी वस्तु कम मात्रामा उपयोग गर्न सकिन्छ तर खसी, बोका, भेडा, च्याङ्ग्रा, बँदेल आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुनाले यी वस्तु उपभोग नगर्नु नै बेस हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) तनहुँ । करिब दुई महिनाअघिदेखि फैलिएको डेँगी दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै तनहुँमा १८२ जना नयाँ डेँगी सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्लामा सोमबारसम्म ६ हजार ४८४ जना डेँगी सङ्क्रमित रहेकोमा वृद्धि भई ६ हजार ६६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले […]

  (ABC-Sanchar) बझाङ । सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलले सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमतिविना औषधी बिक्रीवितरण गर्ने गरेको खुलेको छ। आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषध र पसल सञ्चालक पक्राउ गरेसँगै उक्त जानकारी प्रहरीले पाएको हो। सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँगको बयानका क्रममा चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री […]

  (ABC-Sanchar) बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ । उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले […]