२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

तिहारमा तीन दिन बैंकहरु नखुल्ने

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC Sanchar)
काठमाडौं कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ ।
वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताए ।
हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएको भन्दै यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरेको बताएका छन् ।
सङ्घले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ र एटिएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ । गत वर्ष दशैँ तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!