२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गत बर्षकाे बजेट यस बर्ष सक्दै नर्ति देखि अर्जुनखाेला सम्मकाे सडक कालेपत्रे गदै

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(सागर  थापा )                                                     दाङ लमही नगरपालिका १ नर्ति देखि अर्जुन खाेला सम्मकाे सडकमा कालेपत्र गर्ने कार्य सुरु भएको छ ।उक्त सडक कामै नलाग्ने गरि जिर्ण भएको समाचार विभिन्न संचार मिडिया मार्फत बाहिरीए पछि सडक डिभिजन कार्यालय दाङले चाँसाे देखाएको हाे ।।१० दिन पहिले देखि उक्त सडक खन्डमा कालेपत्र गर्न थालिएको हाे । सडक डिभिजन कार्यालय दाङको गत बर्ष छुट्टयाइएको बजेट कुल १ कराेड ८२ लाखकाे लागतमा उक्त सडककाे कालेपत्रे गर्ने कार्य सुरु भएको सडक डिभिजन कार्यालय दाङका सब – इन्जिनियर महेश बि, क,ले जानकारी दिनु भएको छ ।उहाँका अनुसार कुल १३ किलाे मिटर दुरिमा कालेपत्रे गरिने भएको जानकारी दिनु भएको छ ।गत बर्ष नै सक्ने याेजना भए पछि काेभिडका कारण कर्मचारी सबै भारतबाट मगाउनु पर्ने भएकाले ढिलाइ भएको उहाँकाे भनाइ रहेकाे छ ।गत ०७६/७७ असार महिना भित्रमा सक्ने याेजना हाे तर के गर्नु देश तथा बिदेशमा चलिरहेको काेभिड महामारीको कारण निर्माणकार्य बाधा पुगेको उहाँको भनाइ रहेको छ । १३ किलोमिटर दुरि कालेपत्र गर्ने कार्य लाइ पनि तीन ठाउँमा बिभाजन गरेर प्रत्येक ठाउमा चार किलो मिटर २५० मिटरका दरले कालेपत्र गर्ने कार्य छुट्टाछुट्टै रुपमा जारी छ । अबकाे २ महिना भित्रमा पुरै १३ किलोमिटर दुरिकाे सडकमा कालेपत्र संम्पन्न हुने र कार्य पनि अति राम्रो संग भइरहेकाे मा संका नगर्न हुन पनि सबै संग अपिल गर्नु भएको छ ।किन कि डिभिजनका कर्मचारी र ठेक्का लिएकाकाे प्रत्क्षय निगरानी कार्य भैइरहेकाले कुनै पनि अनावश्यक संका नगर्न पनि त्यस क्षेत्रका स्थानीयलाई अनुराेध गर्नु भएको छ । टिकाउ र गुणस्तरीय सडक मर्मत गर्न नै भनेर दुईवटा प्रा,लि,मार्फत ठेक्कामा दिएका हाै ,,उनिहरुले छुट्टाछुट्टै रुपमा बाँढेर कार्य गरेका कारण अझै राम्रो हुने पनि इन्जिनियर बि,क ले ठाेकुवा गर्नु भएको छ ।अहिले लमहि न,पाकाे मजगाँउ ,नर्ति र लमही मा गरि तीन ठाउँमा एकै साथ छुट्टाछुट्टै रुपमा कार्य भइरहेकाे इन्जिनियर बि,क काे भनाइ थियाे ।लामाे समय पछि सडकमा कालेपत्रे गरिने कार्य तिब्रता पाइरहेकाले स्थानीयहरु पनि उत्साहित भएका छन । जसकाे निर्माण गर्ने जिम्मा तिरुपति निर्माण सेवा प्रा,लि,ले घाेराही दाङले र जय माँ स्वर्गद्वारी निर्माण सेवा प्रा, लि, दाङ घाेराहीले गरिरहेकाे छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]