०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

गत बर्षकाे बजेट यस बर्ष सक्दै नर्ति देखि अर्जुनखाेला सम्मकाे सडक कालेपत्रे गदै

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(सागर  थापा )                                                     दाङ लमही नगरपालिका १ नर्ति देखि अर्जुन खाेला सम्मकाे सडकमा कालेपत्र गर्ने कार्य सुरु भएको छ ।उक्त सडक कामै नलाग्ने गरि जिर्ण भएको समाचार विभिन्न संचार मिडिया मार्फत बाहिरीए पछि सडक डिभिजन कार्यालय दाङले चाँसाे देखाएको हाे ।।१० दिन पहिले देखि उक्त सडक खन्डमा कालेपत्र गर्न थालिएको हाे । सडक डिभिजन कार्यालय दाङको गत बर्ष छुट्टयाइएको बजेट कुल १ कराेड ८२ लाखकाे लागतमा उक्त सडककाे कालेपत्रे गर्ने कार्य सुरु भएको सडक डिभिजन कार्यालय दाङका सब – इन्जिनियर महेश बि, क,ले जानकारी दिनु भएको छ ।उहाँका अनुसार कुल १३ किलाे मिटर दुरिमा कालेपत्रे गरिने भएको जानकारी दिनु भएको छ ।गत बर्ष नै सक्ने याेजना भए पछि काेभिडका कारण कर्मचारी सबै भारतबाट मगाउनु पर्ने भएकाले ढिलाइ भएको उहाँकाे भनाइ रहेकाे छ ।गत ०७६/७७ असार महिना भित्रमा सक्ने याेजना हाे तर के गर्नु देश तथा बिदेशमा चलिरहेको काेभिड महामारीको कारण निर्माणकार्य बाधा पुगेको उहाँको भनाइ रहेको छ । १३ किलोमिटर दुरि कालेपत्र गर्ने कार्य लाइ पनि तीन ठाउँमा बिभाजन गरेर प्रत्येक ठाउमा चार किलो मिटर २५० मिटरका दरले कालेपत्र गर्ने कार्य छुट्टाछुट्टै रुपमा जारी छ । अबकाे २ महिना भित्रमा पुरै १३ किलोमिटर दुरिकाे सडकमा कालेपत्र संम्पन्न हुने र कार्य पनि अति राम्रो संग भइरहेकाे मा संका नगर्न हुन पनि सबै संग अपिल गर्नु भएको छ ।किन कि डिभिजनका कर्मचारी र ठेक्का लिएकाकाे प्रत्क्षय निगरानी कार्य भैइरहेकाले कुनै पनि अनावश्यक संका नगर्न पनि त्यस क्षेत्रका स्थानीयलाई अनुराेध गर्नु भएको छ । टिकाउ र गुणस्तरीय सडक मर्मत गर्न नै भनेर दुईवटा प्रा,लि,मार्फत ठेक्कामा दिएका हाै ,,उनिहरुले छुट्टाछुट्टै रुपमा बाँढेर कार्य गरेका कारण अझै राम्रो हुने पनि इन्जिनियर बि,क ले ठाेकुवा गर्नु भएको छ ।अहिले लमहि न,पाकाे मजगाँउ ,नर्ति र लमही मा गरि तीन ठाउँमा एकै साथ छुट्टाछुट्टै रुपमा कार्य भइरहेकाे इन्जिनियर बि,क काे भनाइ थियाे ।लामाे समय पछि सडकमा कालेपत्रे गरिने कार्य तिब्रता पाइरहेकाले स्थानीयहरु पनि उत्साहित भएका छन । जसकाे निर्माण गर्ने जिम्मा तिरुपति निर्माण सेवा प्रा,लि,ले घाेराही दाङले र जय माँ स्वर्गद्वारी निर्माण सेवा प्रा, लि, दाङ घाेराहीले गरिरहेकाे छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!